शुवास अधिकारी
कमलबजार ,भाद्र १

बालबालिकाको अवस्था सम्बन्धी छलफल तथा सुुझाब संकलन कार्यक्रम कमलबजारमा सम्पन्न ।। बालबालिकाको स्थानिय अवस्था बिश्लेषण प्रारम्भीक प्रतिबेदन सम्बन्धी छलफल तथा सुुझाब संकलन कार्यक्रम कमलबजारमा समपन्न भएको छ । नगर बाल अधिकार समितीका संयोजक एवंम् नगर उप प्रमुुख भुुमीसरण ढकाल बजगाईको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुुख अथिती नगर प्रमुुख ओम प्रकाश बिष्ट रहनुु भएको थियो । प्रमुुख अथिती नगर प्रमुुख बिष्टले बालबालिकाको अवस्थालाई मध्यनजर गरी मुुख्य समस्या गरीवी भएको भन्दै यस्को न्युुनीकरणका लागी सम्बद्ध सरोकारवालाहरुको ध्यान जानुु पर्नेमा जोड दिनुु भयो । साथै साझेदार निकाय आस्था नेपाल र वल्र्डभिजन नेपाल लाई बालबालिकाको क्षेत्रमा पैरवी गर्न सहयोग एवंम् समन्वय गरेको प्रति धन्यबाद ब्यक्त गर्नुुभयो । नगर बाल अधिकार समितीका संयोजक एवंम् नगर उप प्रमुुख बजगाईले बालबालिकाको क्षेत्रमा थुुप्रै सकरात्मक प्रयास भैरहेका भएपनि ति प्रयाप्त नभएको भनाई राख्नुु भयो । यस्तै आस्था नेपालका जिल्ला अध्यक्ष निर्मला रावलले पनि बालबालीकाले बिचैमा बिध्यालय छोड्ने, बिभिन्न दुुब्र्यसनीमा लाग्नुुको प्रमुुख कारण गरिवी नै भएको बिचार ब्यक्त गर्नुुभयो । सकरात्मक अभिभावकत्व नहुुनुु , लैङ्कीग बिभेद, धुुम्रपान र मध्यपानको दुुब्र्यसन र बहुुबिबाहका कारण बालबालिका बढि मारमा परेका कार्यक्रमका अन्य सहभागीको भनाई रहेको थियो । छलफल तथा सुुझाब संकलन कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुुख प्रशासकिय अधिकृृत खड्ग बहादुुर बिष्ट, बिभिन्न वडाका वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, जनस्वास्थ्य अधिकृत चक्र बहादुुर बिष्ट, ईलाका प्रहरी कार्यालय कमलबजारका ईन्चार्ज तथा प्रहरी निरिक्षक लक्ष्मीराज जोशी, नगरपालिकाका बिभिन्न बिषयगत शाखाका प्रमुुख एवंम् प्रतिनिधी, पत्रकार महासंघ जिल्ला सदस्य सुुबाश अधिकारी, नगर स्थित बिभिन्न बाल क्लबका प्रतिनिधी, आस्था नेपालका जिल्ला प्रबन्धक रुप बहादुुर चन्द, सचिब कृष्ण देबकोटा, फिल्ड अधिकृत कुुल बहादुुर रावत, सहजकर्ता लभजंग कुुँवर, वल्र्डभिजन फिल्ड संयोजक मंगल शाह, लगायत सरोकारवालाको सहभागिता रहेको थियो । आस्था नेपालका कार्यक्रम अधिकृत भिम बहादुुर खत्रीको सहजीकरणमा भएकोे कार्यक्रको संचालन महिला तथा बालबालिका शाखा कमलबजारका प्रमुुख डम्मरा ढुुंगानाले गर्नुुभएको हो । स्थानिय बाल अधिकार समिती कमलबजार नगरपालिकाको आयोजना, आस्था नेपाल र वल्र्डभिजन साझेदार निकायको सहयोगमा सो कार्यक्रम संचालन गरीएको हो । कार्यक्रम श्रावण ३२ गते सुुरु भई भाद्र १ गते आज सम्पन्न भएको छ ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय