
हिक्मत नेपाली
कमलबजार भाद्र २१
नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ । प्रत्यक स्थानीय तहका अधिकांस वडासमितिमा सर्वसम्मत चयन भएका छन । अव, अधिकांशको ध्यान, क्षेत्रिय अधिबेशनमा केन्द्रित छ । यसै बिच अछाम क्षेत्र नं २ को सभापतीका लागी हालै क्षेत्रिय प्रतिनिधी छनोट भएका टंक बहादुर धामीले क्षेत्रिय सभापतीमा उम्मेदवारी दिने घोषणा गरेका छन ।
यस अघि १३ औं महाधिबेशन बाट सुदुरपश्चिम प्रदेश निर्वाचन क्षेत्र नं २(क)को सभापती तथा निर्वाचित क्षेत्र नं २को क्षेत्रिय सचिब को भुमिका निर्वाह गरिसक्नु भएका धामीको उम्मेदवारी घोषणालाई अर्थपुर्ण रुपमा हेरिएको छ । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा सबल र सक्षम नेत्रित्वको खोजि भईरहेको वेला धामीले आफुलाई अब्बल उम्मेदवारका रुपमा प्रस्तुत गर्नु भएको छ ।
राजजिती संगै सामाजिक कार्यमा उत्तिकै सक्रिय धामी संग दर्जनौ बिभिन्न संघ संस्थामा आवद्ध रहेर काम गरेको अनुभव छ । स्पष्ट बक्ताको रुपमा पहिचान बनाउनु भएका धामी नेपाल भारत मैत्री युवा संघ अछामको अध्यक्ष, पञ्चदेवल बहुमुखी क्याम्पसको उप–प्रशासक तथा रेडियो पञ्चदेवलको कार्यकारी निर्देशक एवं अध्यक्ष समेत छन ।
बिद्यार्थी काल देखि नै सक्रिय राजनितीमा लागेका धामी महेन्द्र रत्न क्याम्पस ताहाचल काठमाण्डौका पुर्व स्ववियु सदस्य पनि हुन । समाजसेवाको भावनाले ओतप्रोत उहाँ नेपाली रेडक्रस उपशाखा बिनायकको सभापती समेत हुनुहुन्छ ।
राजनीति शास्त्रमा स्नातकोत्तर गरी , एल.एल.बी मा समेत अध्ययनरत उहाँ बौद्धिक व्यक्तित्वको रुपमा परिचित हुनुहुन्छ । लामो समय सम्म +2 तथा स्नातकमा अध्यापन गराएको अनुभव बटुलेका धामी पार्टीमा स्पष्ट वक्ताका साथै अध्ययनशील नेताका रुपमा स्थापित हुनुहुन्छ । मेरो हाेईन हामी सबैको पार्टी हनुपर्छ भन्ने मान्यता राख्नुका साथै पार्टी लोकतान्त्रिक ढंगले चल्नु पर्छ भन्ने धारणा राख्ने धामी गाेजी बाट नभई नेता जनता बाट अनुमोदित हुनुपर्छ भन्नुहुन्छ ।
नेपाली कांग्रेस केन्द्रीय निति अध्ययन अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान को बिषय बिज्ञमा नियुक्त भएका धामीले , आफूले क्षेत्रीय सभापतीको जिम्मेवारी पाएमा गुट रहित सबैलाई मिलाएर लैजाने प्रतिबद्धता समेत जनाउनु भएको छ । पार्टीमा पढेलेखेका युवाले नेतृत्व गर्ने अवसर पाउनु पर्ने बताउने उहाँले सामिप्यता,सदस्यता,प्रशिक्षण ,सक्रियतामा परिचालन तथा नतिजा मुल्यांकनका आधारमा पार्टीलाई हाक्ने बताउनु भयो ।
