कमलबजार , असोज २
नेपाली कांग्रेसको महाधिवेशन चलिरहेको छ । यसै विचमा नेपाली कांग्रेसको चाैधौं महाधिवेशनको जिल्ला अधिबेशन का लागि कमलबजार नगरपालिका वडा नं ९ का नयाँराम बजगाईले जिल्ला उपसभापतिको उम्मेदवारी दिने घोषणा गरेका छन । आज कमलबजार मिडिया प्रा लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकम संग कुरा गर्दै अछाम जिल्लामा नेपाली कांग्रेसको जिल्ला उपसभापतिमा आफ्नो उम्मेदवारी रहने जानकारी दिनु भयो । बजगाँई नेपाली कांग्रेस बाट २०४९र २०५४ सालको चुनावमा मष्टावण्डाली गाँउ विकास समितिको वडा अध्यक्षमा निर्वाचित भएर जनप्रतिनिधिका रुपमा काम गर्नु भएको छ । नेपाली कांग्रेसको १० अौ महाधिवेशन बाट जिल्ला कार्य समितिको सदस्यमा प्रवेश गरेका बजगाँई वि.स•२०७७ माघ २३ देखि हाल सम्म जिल्ला उपसभापति को जिम्मेवारी समाली रहनु भएको छ ।  नेपाली कांग्रेसको राजनीतिमा लामो समय देखि सक्रिय बजगाईले सम्पुर्ण प्रतिनिधि हरुलाई आफुलाई मत दिएर विजयी गराईदिनहुन अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय