सिद्धार्थ नेपाली

नेपाल देशमा दलित समुदाय वर्षोदेखि सबैभन्दा बढी प्रयोग हुँदै आएको समुदाय हो।
जो १७ लाख जनसंख्या भएका मधेसि थारु समुदायकाे आफ्नो हक अधिकारकाे निम्ति तराइ काे विभिन्न ठाउमा आन्दोलन गर्दै अगाडि बढे किन कि थारु हरुकाे एकता थियो !

किन कि मन र भावना एउटै थियो समुहगत आवज उठ्याे मर्न बाच्न तयार पनि भए ।र अधिक सुनिक्ष्रित पनि गरे तर बर्षैा देखि हिजो देखिआज सम्म उत्पिडनमा परेकाे एक तिहाइ जनसमुदाय दलित 70/80/ लाख भनिन्छ जुन आज पनि सडकमै छ पिडा मै छ र अन्याय सहेर बसेको छ अजै पनि दलित आन्दोलन सफल भएकाे छैन।

दलित समुदाय थारु समुदाय
भन्दा 4 गुण बढि भएकाे दलित समुदाय किन पछि परे ? दलित समुदाय काे मन भावना किन मिल्न सकेन ?

कारण हाे दलित भित्र पनि जातिय विभेद छ जुन दलित समुदाय भित्र पनि पानी नचल्ने बनायकाे छ।
कामी ले दमाई लाई स्वीकार छैन दमाइले सार्कि लाइ सार्की ले गाइन बादि अदि लाई र दलित भित्र का अलग- अलग, अलग- अलग, अलग- अलग, आआफ्नो समाज र संगठन बनायर राखेको यहि कारणले दलित आन्दोलन सफल भएकाे छैन ।र याे समुदाय बिच एकता न हुदा दलित आन्दोलन सेलाहेकाे हाे यहाँ भित्र पनि त भन्दा म के कम भन्ने नकारात्मक साेच भयका वर्गले परिवर्तन हुन सकेकाे छैन।

जब सम्म मन बिचार भावना मिल्दैन तब सम्म एकता हुदैन र आन्दोलन सफल हुदैन। एकता नहुदा सम्मन मुक्ति आन्दोलन सफल कसरी हुन्छ ?

जब सम्म हाम्रो भाेगाइ पिडा एउटै हाे हामी भित्र भेदभाव छुवाछूत गर्नु हुदैन भनेर दमाई कामी सार्की गाइन बादि र २६ जात दलित समुदाय एक हुदैन भावनात्मक एकता हुन्छ तब मात्रै दलित आन्दोलन सफल हुन्छ र मात्रै हाम्रो हक अधिकार सुनिस्चित हुन्छ ।

नेपालको कानूनी तथा सामाजिक इतिहास हेर्ने हो भने कानूनै बनाएर दलित समुदायलाई संरचनागत विभेदमा पारिएको र सोही विभेदको कारण आम दलित समुदाय राज्यको सम्पूर्ण अवसर, सुबिधा र पहुँचबाट बञ्चित रहन पुगी जातीय भेदभाव र छुवाछूत जस्तो कुसंस्कार लाई स्वीकार गर्दै हेर्दै आफ्नो जसो तसो जिविका चलाउदै छन ।

दलित मुक्ति आन्दोलन इतिहासदेखि नै विभाजित रुपमा अघि बढ्दै गएको पाइन्छ । यसैले दलित मुक्ति आन्दोलनलाई एकताबद्ध बनाएर अघि बढाउनुपर्दछ । दलित समुदायको हक, हित र सम्बृद्धिका लागि सम्पूर्ण उत्पीडित दलित समुदाय एकिकृत भएर लडाईं लड्नुको विकल्प यसका लागि सबै पार्टी, धर्म, जातजाति लगायतभन्दा पनि माथि उठेर समुदायको हितमा दलित मुक्तिको लागी काम गर्न सक्नु पर्छ ।

तसर्थ दलित भित्रकाे विभेद र छुवाछूतकाे अन्त्य गरैा
र एकिकृत भएर साझा समस्याको समाधान का साथै दलित आत्मरक्षा अभियान को सुरुवात गराै।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय