हिक्मत नेपाली
कमलबजार, कार्तिक ३
अछामको कमलबजारमा विगत तीन दिन देखी बिजुली अवरोध हुदाँ सेवाग्राहि मर्कामा परेका छन । मौसम खराबि भएपछि गएको बिजुली अहिले सम्म सञ्चालनमा आएको छैन । जसका कारण यहाँका नागरिकले सञ्चार बाट पनि बञ्चित हुनु परेको गुनासो गरेका छन । ३ दिन देखी अध्यारोमा बस्नु पर्दा निकै समस्या भएको एक स्थानिय कमल बिष्टले बताए । बिजुली नआएका कारण मोबायलमा चार्ज नहुदा आफन्त संग सम्पर्क गर्ने नसकिएको कमलबजारमा बस्दै आउनु भएकी तारा चलाउनेले गुनासो पोख्नुभयो ।

बिजुली नहुदा सरकारी कार्यालयको सेवा पनि प्रभावित भएको कमलबजार नगरपालिकाका सुचना प्रबिधि अधिकृत बिष्णु बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो बिजुली नहुदाँ कार्यालयबाट सम्पादन गरिने काम प्रभावित भएका छन ।
मौसममा पुर्णतया सुधार आएको छैन बिभिन्न ठाँउमा पोल ढलेकाले मर्मत गर्न समयलाग्ने भएकाले बिजुली सुचारु हुन केहि समय लाग्ने कमलबजार नगरपालिकामा कार्यरत ईलेक्ट्रिसियन पे्रम कामीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय