निर्मल राजा २० कार्तिक २०७८
नेपाली कांग्रेसका संस्थापक नेता तथा त्यागी नेता गणेशमान सिंहको सालिक अनावरण गरिने भएको छ ।
बर्दियाको गुलरिया बजारको मुख्य चोकमा अवस्थित स्वर्गीय सिंहको सालिक अनावरण गरिने भएको हो ।
नेपाली काङ्ग्रेसका सर्बोच्च नेता तथा लौह पुरुष गणेशमान सिहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्याउनु भएको महत्त्वपूर्ण योगदानको उच्च सम्मान गर्दै सालिक निर्माण गरिएको नेपाली कांग्रेस बर्दियाका युवा नेता तथा बर्दिया जिल्ला कार्य समितिका सह सचिब महादेव रत्गैयले बताए ।
बर्दियाको गुलरियाको मुख्य बजार जिल्ला प्रहरी कार्यालय बर्दियाको मुल गेट नजिक रहेकोे गणेशमान सिंहको सालिक अनावरण गर्न नेपाली कांग्रेसका नेता पुर्ब महामन्त्री तथा पुर्ब उप प्रधानमन्त्री प्रकाशमान सिह गुलरिया आउने भएका हुन
कार्तिक २४ गते एक कार्यक्रमका बीच स्वर्गीय सिंहको सालिक अनावरण हुने भएको हो ।
करिब २५ लाखको लागतमा निर्माण भएको स्वर्गीय सिंहको सालिक अनावरण हुने भएको हो ।
बर्दियाबाट निर्वाचित सांसद तथा पुर्व मन्त्री समेत रहेका नेता सन्जय गौतमको पहल तथा सांसद बिकाश कोषको रकमबाट लौह पुरुष गणेशमान सिहको सालिक निर्माण गरिएको हो ।