सिद्धार्थ नेपाली

ढकारी गाउँपालिका
अछाम

स्वास्थ्य नै सबै भन्दा ठूलो धन हो, मानिस स्वस्थ छ भने त्यो नै सबै भन्दा ठुलो धन हो । मानिससँग जति नै पैसा वा सम्पति किन नहोस् उसको स्वास्थ्य ठिक छैन वा ठीक पार्न सकिएन भने भने त्यो धन पैसाको कुनै अर्थ रहँदैन । मानिस धेरै अभावमा पनि सुखी रहन सक्छा तर उ अस्वस्थ छ तर धनवान छ भने भने पक्कै पनि उ सुखी रहन सक्दैन । हिन्दु शास्त्रअनुसार स्वास्थ्यलाई धन भन्दा पनि बढी महत्व दिने गरिन्छ, किनकि खराब स्वास्थ्यले तपाइँको आर्थिक अवस्था नै बिगार्न सक्छ ।

स्वास्थ्य भन्ने शब्द मानिस जन्मेदेखि नमरेसम्म जीवनको हरेक पक्षसँग सम्बन्धित छ । स्वास्थ्यका खराब र असल दुवै पक्ष हुन्छन् । असल पक्ष भन्नाले व्यक्ति शारीरिकरूपले तन्दुरुस्त, मानसिकरूपले सचेत, कुनै प्रकारको रोग नलागेको, स्वस्थ रहनका लागि वैज्ञानिक स्वास्थ्य आचरण अपनाउनुलाई जनाउँदछ । मानिसको जीवनमा प्राप्त हुने सम्पूर्ण उपलब्धिहरूको प्रमुख स्रोत नै असल स्वास्थ्य हो । असल स्वास्थ्यले नै व्यक्तिको सुन्दर भविष्यको निर्माण गर्नसक्दछ । विश्व स्वास्थ्य संगठनका नारा स्वास्थ नै धन हो ले पनि प्रष्ट गर्दछ ।

मानिसको सबैभन्दा बहुमूल्य सम्पत्ति नै स्वास्थ्य हो । स्वस्थ व्यक्तिले नै आफ्नो परिवारको, समुदाय र राष्ट्रका लागि केही गर्नसक्छ र आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर अगाडि बढ्न सक्छ ।

हरेक मानिसको जीवनमा स्वास्थ्यले ठूलो महत्व राख्दछ । स्वास्थ्य असल भएमा जीवनका हरेक पक्षमा मानिसले सफलता हासिल गर्न सक्दछ । त्यसकारण स्वास्थ्य नै धन हो भन्ने कुरामा कसैको पनि दुईमत हुँदैन । कुनै समयमा विभिन्न आपद–विपदबाट मुक्त अवस्थालाई स्वास्थ्यको रूपमा लिएको पाइन्छ । कुनै समयमा दीर्घायु जीवनलाई स्वास्थ्यको रूपमा लिएको पाइन्छ ।

अङ्ग्रेजी शब्दकोषमा स्वास्थ्यलाई एउटा यस्तो अवस्थाको रूपमा परिभाषित गरिएको छ जसमा व्यक्ति कुन शारीरिक दुरावस्था, रोग र कष्टबाट मुक्त हुन्छ र उसको शरीर, मन र आत्मा पनि स्वच्छ र स्वस्थ हुन्छ ।

स्वास्थ्यसम्बन्धी विषयलाई लिएर विश्व स्वास्थ्य संगठनले दिएको परिभाषाले स्वास्थ्यको दायरालाई झनै फराकिलो पारेको छ, किनभने विश्व स्वास्थ्य संगठनले स्वास्थ्यलाई शारीरिक क्षेत्रमा मात्र सीमित नराखी मानसिक र सामाजिक पक्षहरूमा समेत ध्यान दिएको पाइन्छ तसर्थ मानिस स्वास्थ्य हुनका लागि शारीरिक, मानसिक र सामाजिक तीनवटै पक्ष स्वस्थ हुनुपर्छ । यी तीनमध्ये एउटा पक्ष मात्रै अस्वस्थ भयो भने यसले अर्कोलाई असर पार्छ र स्वस्थ्य हुँदैन ।
तसर्थ नेपाल सरकार राज्य सरकार र स्थानीय सरकार ले स्वास्थ्य लाई पहिलो स्थान मा राख्नु पर्दछ र साथै प्रत्येक तह वडा मा सुविधा सम्मपन्न गाउँ घर क्लिनिक को स्थापना गर्नु नै आजको आवश्यकता हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय