
हिक्मत नेपाली
कमलबजार, मंसिर ९ ।
नेपाल निजामती कर्मचारी युनियन कमलबजार नगरपालिकाको नगर भेला सर्वसम्मत नेत्रित्व चयन गद आज कमलबजारमा सम्पन भएको छ । जसबाट नगर अध्यक्षमा सुनिल कुँबर सर्वसम्मत चयन भएका छन । उपाध्यक्षमा पार्वती कुमारी वि सी ,समावेशी तर्फ छेवाङ शेर्पा हिमाली ,सचिबमा नेत्र बहादुर बिष्ट चयन हुनुभएको छ । त्यसैगरी कोषाध्यक्षमा डम्मरा ढुङ्गाना सदस्यमा चक्र बहादुर बिष्ट, शरद प्रसाद ढुङ्गाना, मिना बिष्ट,पबित्रा भण्डारी, टेके सुनार र लोग बहादुर साँउद लगायत ११ जनाको नगर समिती सर्व सम्मत चयन भएको सचिब नेत्र बहादुर बिष्टले जानकारी दिनुभयो ।
आज भएको भेलाका प्रमुख अथिती कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिष्ट रहनु भएको थियो । भेलामा नगर उपप्रमुख भुमिसरण ढकाल बजगाई उपस्थित रहेको कार्यक्रममा नेपाल निजामती कर्मचारी युनियन अछामका अध्यक्ष झपटराज ढुङ्गाना अतिथी रहनु भएको थियो ।
भेलामा नेपाल निजामती कर्मचारी युनियन संग आस्थावान ४४ जना कमलबजार नगरपालिकाका बिभिन्न तहमा कार्यरत निजामती कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
भेलाले नेपाल निजामती कर्मचारी युनियन कमलबजार नगरपालिकाको नगर कार्यसमितीको गठन भएको जानकारी नेपाल निजामती कर्मचारी युनियन जिल्ला कार्य समिती अछाम र नेपाल निजामती कर्मचारी युनियन केन्द्रिय कार्यसमिती लाई जानकारी गराउने निर्णय गरेको सदस्य चक्र बहादुर बिष्टले कमलबजार मिडिया प्राली द्धारा सञ्चालित कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो ।