हिक्मत नेपाली
कमलबजार, मंसिर १० ।
बालबालिका तथा युवाहरुका लागी बाल संरक्षण सम्बन्धि लैङ्गीक हिंशा न्यूनिकरण र योजना तर्जुमा प प्रक्रिया बिषयक क्षमता अभिबृद्धि तालिमको एक कार्यक्रमका बिच कमलबजार नगरपालिकाका नगर उपप्रमुख भुमिशरण ढकाल बजगाईले उद्धाटन गर्नु भएको छ ।
मंसिर १० देखी १२ सम्म कमलबजार नगरपालिकाको हलमा चल्ने उक्त तालिममा कमलबजार नगरपालिकाका १० वटै वडा बाट ३० जना बालबालिकाको सहभागीता रहेको कमलबजार नगरपालिकामा कार्यारत खानेपानी तथा सरसफाई फोकल पर्सन तथा उक्त तालिमको सहजिकरण कर्ता पबित्रा भण्डारीले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो ।
युनिसेफ नेपालको सहयोग तथा कमलबजार नगरपालिका अछामको सहकार्यका र बास नेपालको आयोजनामा भईरहेको सो कार्यक्रममा बास नेपालका संयोजक हेमराज भट्टले सहभागी हरुलाई प्रशिक्षण दिईरहेको भण्डारीले जानकारी दिनुभयो ।
ADVERTISEMENT