
हिक्मत नेपाली
कमलबजार, मंसिर १४
बालबालिकाहरुका सवालहरुको सम्बोधन गर्नका लागी पञ्चबर्षिय रणनितिक योजना निमार्ण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न आज कमलबजारमा सम्पन्न गरेको छ । कमलबजार नगरपालिकामा गठित बाल अधिकार समितीका संयोजक भुमिशरण ढकालको अध्यक्षतामा भएको कार्यशाला गोष्ठीका प्रमुख अतिथी कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्ट रहनु भएको थियो । कार्यक्रममा कमलबजार नगरपालिकाका बिभिन्न वडाका वडा अध्यक्ष,प्रमुख प्रशासकिय अधिकृत, नगरपालिकाका बिषयगत शाखाका प्रमुख, प्रहरी पत्रकार तथा सरोकारवालाको उपस्थिती रहेको थियो ।
स्थानिय बाल अधिकार समिती कमलबजार नगरपालिकाको आयोजनामा भएको कार्यशाला गोष्ठी कार्यक्रम आस्था नेपालको सहयोग तथा वल्र्ड भिजन तथा युनिसेफको साझेदारीमा भएको थियो ।
कार्यशाला गोष्ठी कार्याशाला गोष्ठीका सहभागीले बालबालिकाहरुका सवालहरुको सम्बोधन गर्नका लागी निती निमार्ण गरी दिर्घकालिन लक्ष्य बोकेर अगाडी बढ्नु पर्नेमा जोड दिएका छन ।