हिक्मत नेपाली
कमलबजार, मंसिर १५ ।
बालक्लबका पदाधिकारीहरुको लागी बाल संरक्षण, लैङ्गीक हिंशा न्यूनिकरण र योजना तर्जुमा प्रक्रिया बिषयक क्षमता अभिबृद्धि तालिमको एक कार्यक्रमका बिच कमलबजार नगरपालिकाका नगर प्रमुख ओमप्रकाश बिष्टले उद्धाटन गर्नु भएको छ ।
मंसिर १५ देखी १६ सम्म कमलबजार नगरपालिकाको हलमा चल्ने उक्त तालिममा कमलबजार नगरपालिकाका १० वटै वडामा गठित बाल सञ्जाल बाट ३० जना बालबालिकाको सहभागीता रहेको कमलबजार नगरपालिकामा कार्यारत खानेपानी तथा सरसफाई फोकल पर्सन तथा उक्त तालिमको प्रशिक्षक पबित्रा भण्डारीले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुभयो । २ दिन चल्ने उक्त तालिममा ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी राज जोशी कमलबजार नगरपालिकाका महिला तथा बालवालिका शाखा प्रमुख डम्मरा ढुङ्गाना र कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले प्रशिक्षण दिनु हुनेछ । कमलबजार नगरपालिका अछामको आयोजनामा भईरहेको उक्त तालिमका लागी युनिसेफ नेपालको सहयोग गरेको कमलबजार नगरपालिकाका महिला तथा बालवालिका शाखा प्रमुख डम्मरा ढुङ्गानाले बताउनु भयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय