हिक्मत नेपाली
कमलबजार, मंसिर १६
लैङ्गीक हिंशा बिरुद्ध १६ दिने अभियान अन्र्तगत कमलबजार नगरपालिकाले आयोजना गरेको बालक्लबका पदाधिकारीहरुको लागी बाल संरक्षण , लैङ्गीक हिंशा न्यूनिकरण र योजना तर्जुमा प्रक्रिया बिषयक क्षमता अभिबृद्धि सम्बन्धी २ दिने तालिम आज सम्पन्न भएको छ । तालिमको दोश्रो दिन पनी महिला बालबालिका शाखा प्रमुख डम्मरा ढुङ्गानाले सहभागी बालबालिका लाई लैङ्गीक हिंशा सम्बन्धी प्रशिक्षण दिनुभएको थियो । त्यसै गरी स्थानिय निकायमा योजना तर्जुमाका बिषयमा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत खड्ग बहादुर बिष्टले प्रशिक्षण गराउनु भएको थियो । बालअधिकारका बिषयमा फोकल पर्सन पवित्रा भण्डारीले सहभागी बालबालिकालाई बाल अधिकारका बिषयमा प्रशिक्षण गराउनु भएको थियो ।
तालिममा सहभागी भए पछि नेतृत्व बिकास सम्बन्धि थुपै कुरा जानकारी पाएको र तालिममा सिकेका कुरालाई व्यबहारमा लागु गर्ने सहभागी मध्येकी एक बालिका संगीता भण्डारीले बताईन ।
सहाभागी प्रशिक्षार्थी हरुले दुई दिने क्षमता अभिबृद्धि सम्बन्धी तालिममा लैङ्गीक हिंशा न्यूनिकरणका उपाय र बालक्लबको भुमिका बिषयमा छलफल भएको थियो । साथै बालबिवाह र बाल श्रम अन्त्य गर्नका योजनाबद्ध तरीकाले सबैले योगदान पु¥याउनु पर्नेमा जोड दिईएको थियो । बालबालिका तालिममा जनचेतनामुलक भिडियो पनि प्रस्तुत गरीएको थियो । उक्त तालिममा कमलबजार नगरपालिकाका १० वटै वडामा गठित बाल सञ्जाल बाट ३० जना बालबालिकाको सहभागीता रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय