कमलबजार , मंसिर २२ । आसन्न निर्वाचन लाई लक्षित गरि मंसिर १७ देखि कमलबजार नगरपालिका केन्द्रमा जारी मतदाता संकलन अभियानमा नेपाली नागरिकका प्राप्त गरिसकेका सबै नागरिक लाई सहभागी हुन काबा नगरप्रमुख भिम बहादुर बिष्टले आग्रह गर्नुभएको छ । मतदाता नामावली संकलन बिशेश कार्यक्रम अन्तर्गत आज कमलबजारमा भएको बैठकमा आज सम्म ९५ जना मात्र दर्ता गर्न आएकोले जानकारी गराईएको थियोे । जस मध्ये सबै भन्दा धेरै कमलबजार नगरपालिका वडा नं ९ मा ३७ जना सहभागी भएको र वडा नं ३ बयाला बाट मतदाता नामावली संकलन अभियानमा दर्ता हुन कोही नआएको बताएको छ । निर्वाचन कार्यालयको लक्ष्य अनुसार दर्ता नभएकोले यो संख्या बढाउनु पर्ने सहभागी राजनीतिक दलका प्रतिनिधि र सरोकारवालाले जोड दिएका थिए । जसका लागि सबैले आफ्नो आफ्नो ठाँउ बाट प्रचार प्रसार गरि सहयोग गर्न कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले आग्रह गर्नु भएको छ । कार्यक्रममा सञ्चालन प्रसासन शाखाका सहायक पाँचौ पुर्ण प्रसाद बजगाईले गर्नुभएको थियो ।
ADVERTISEMENT


