काठमाडौं, मंसिर २४ ।
दलित संघका पूर्व केन्द्रीय सदस्य युवा नेता पदम नेपालीले आजदेखि सुरु हुने नेपाली कांग्रेसको १४ आंै महाधिवेशनमा पार्टीको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
नेपालीले १४ औँ महाधिवेशनमा केन्द्रीय सदस्य (समावेशी दलिततर्फ) उम्मेदवारी दिने घोषणा गरेका हुन् । नेपाली यसअघि नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको केन्द्रीय सदस्य तथा सेती अञ्चल संयोजक भइसकेका छन् ।
“स्वास्थ्य, शिक्षा र स्वरोजगारः मेरो राजनैतिक मूल आधार’’ भन्ने प्रतिवद्धतासहित उम्मेदवारी घोषणा गरेका नेपालीले १४ औं महाधिवेशन प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय सभापति, जिल्ला सभापतिलगायत मतदाताहरुलाई आफूलाई मतदानका लागि अपिल गरेका छन् । उनले प्रतिनिधिको एक मतले समाज परिवर्तन र कांग्रेस रूपान्तरणमा महत्वपूर्ण योगदान हुने भन्दै सही र दीगो राजनीति गर्ने युवालाई मतदानका लागि आग्रह गरेका छन् ।
बाजुरा जिल्लाबाट महाधिवेशन प्रतिनिधि निर्वाचित नेपालीले आफ्नो समाजसेवाको मुख्य आधार राजनीति नै भए पनि विगत लामो समयदेखि कैलालीको धनगढीमा रहेर शिक्षा, कृषि फर्म र स्वरोजगारमूलक क्षेत्रमा लगानी गरेर उद्यमशीलतालाई पनि प्रवद्र्धन गरिरहेको बताएका छन् ।
‘राजनीति व्यापारका रुपमा लाञ्छित भइरहेका बेला मैले उद्यमशीलतामार्फत अर्थोपार्जन र राजनीतिमार्फत सेवा भन्ने मान्यतासहित काम गरिरहेको छु’ नेपालीले भने, ‘मैले जितेमा नेपाली कांग्रेस र राजनीतिमा मेरोजस्तै मान्यता राख्ने आम युवाहरुलाई हौसला मिल्ने छ र यसले नेपाली राजनीतिलाई सम्मानित बनाउन योगदान हुनेछ ।’
नेपाली कांग्रेसका प्रभावशाली नेता पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समूह निकट रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय