
हिक्मत नेपाली
कमलबजार,मंसिर २८, विभेद न्युनिकरणमा पुरुषको भुमिका बिषयक १ दिने वडा स्तरिय अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिका वडा नं २ बजुडामा सम्पन्न भएको छ । युनिसेफको सहयोग तथा कमलबजार नगरपालिका महिला तथा बालबालिका शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा वडा नं २ का बाल अधिकार समितिका पदाधिकारी र लैङ्गिक हिंशा निगरानी समुहका सदस्यहरुको उपस्थित रहेको थियो ।
कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष रण बहादुर खड्काको अध्यक्षता भएको कार्यक्रममा महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गाना र फोकल पर्सन पवित्रा भण्डारीले सहभागी लाई प्रशिक्षण दिनु भएको थियो । उक्त कार्यक्रममा वडा नं २ का वडा सचिव लोकेन्द्र ओलीको सहभागिता रहेको थियो ।
यस्तै सोही बिषयक अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिका वडा नं १ मुलिमा पनि सम्पन्न भएको छ ।कार्यबाहक वडा अध्यक्ष भक्त बहादुर बोहराको अध्यक्षता भएको सो कार्यक्रमा महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुङ्गाना र फोकल पर्सन पवित्रा भण्डारीले सहभागी लाई प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा कमलबजार नगरपालिका नगरकार्यपालिका सदस्य चक्रा कुमारी रावत ,वडा सदस्य नौले कामीका साथै वडा सचिव राम बहादुर बिष्ट लगायतको उपस्थिति रहेको थियोे ।
