
निर्मल राजा पौष १०,
नेपाली कांग्रेसको गत मङ्सिर २४ देखि २८ गते सम्म काठमाडौँमा सम्पन्न १४ औं महाधिवेशन
मा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहररूलाई प्रमाणपत्र वितरण गरिएको छ ।
शनिबार केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा प्रमाणपत्र वितरण गरिएको हो ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनबाट केन्द्रीय कार्यसमितिका १३४ पदाधिकारी र सदस्यहरू निर्वाचित भएका थिए ।
कांग्रेसको बिधान अनुसार केन्द्रीय कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री रहने व्यवस्था छ । भने कोषाध्यक्ष निर्वाचित केन्द्रीय सदस्यबाट हुने व्यवस्था छ । यस बाहेक कांग्रेस विधानमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने व्यवस्था समेत उल्लेख छ ।