हिक्मत नेपाली , कमलबजार पाैष १० । सहयोगी  हातहरु नेपाल(Helping Hands Nepal)को आयोजना तथा  र नेपाल प्रहरीको समुदाय प्रहरी साझेदारी कार्यक्रमको सहकार्य अन्तर्गत  कमलबजारमा सरसफाइ कार्यक्रम आज सम्पन्न भएको छ । कमलबजारकाे सुन्दरता नै मासिने गरी सडक छेउछाउमा फोहोरका डङ्गुरहरु थुपारिदा समेत सरोकारवाला निकाय मौन हुदा आफुहरुले सरसफाइ अभियान सञ्चालन गरेको सहयोगी हातहरु नेपाल संस्थाका प्रमुख देवेन्द्र सञ्जालले बताउनु भयो । कमलबजारका केही होटल व्यवसायी हरुले रक्सी र वियरका बोतल कमलबजारकाे मुख्य सडक छेउछाउमा थुपारीदिदा फोहोर व्यवस्थापनमा थप समस्या सिर्जना भएकोमा अब उप्रान्त जोकोहीले सडक छेउछाउमा रक्सि तथा वियरका वोतल र दाउरा का साथै जताततै फोहोर थुपारेर राखेमा कार्बाही गरिने ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख लक्ष्मी राज जोशीले जानकारी दिनुभयो । कमलबजारको सरसफाइ अभियानमा सहभागीताका लागि सरोकारवाला सवै लाईखबर गरिएता पनि अपेक्षा अनुसार सहभागीता नभए पनि ईलाका प्रहरी कार्यालय कमलबजारका कर्मचारी र केही स्थानीयको सक्रियतामा आजको अभियान सफल भएको संयोजक तर्क बिष्टले बताए ।  Helping Hands Nepal को आयोजना तथा Surya Shrestha Group को सहकार्यमा भएको कमलबजार सरसफाइ कार्यक्रम को सौजन्य त्रिनेत्र कम्प्युटर ट्रेनिङ सेन्टर र मष्टावण्डालि सप्लायर्स रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय