हिक्मत नेपाली ,कमलबजार पौष १० ।
नेपाल मजदुर किसान पार्टी को जनवर्गीय संगठन नेपाल क्रान्तिकारी बिद्यार्थी संघ कमलबजार नगर कमिटीको आयोजनामा MCC सम्झौता विरुद्धको विरोध कार्यक्रम संगै प्रथम नगर सम्मेलन सम्पन्न भएको छ । उक्त कार्यक्रममा बोल्दै नेमकिपाका अछाम अध्यक्ष झंकर बहादुर शाहीले राष्ट्रघाती MCC सम्झौता संसद बाट पास गर्ने हरु विदेशी दलाल भएकोले यिनिहरुको विरुद्धमा नेमकिपा सडक देखि सदन सम्म आन्दोलन गर्न तयार रहेको बताउनु भयो । साथै नेपाली जनतालाई साथ दिन आग्रह पनि गर्नुभयो । उक्त कार्यक्रममा नेपाल क्रान्तिकारी बिद्यार्थी संघ कर्णाली प्रदेशका कोषाध्यक्ष टिकाराम कठायत, नेपाल क्रान्तिकारी बिद्यार्थी संघ अछामका संयोजक विरेन्द्र बहादुर शाही ,नेपाल क्रान्तिकारी युवा संघ दैलेखका सदस्य कटक सिजापती र नेपाल क्रान्तिकारी बिद्यार्थी संघ वडा सदस्य हस्तना शाहीले समेत मन्तव्य राख्नुभएको थियोे ।
यस्तै प्रथम नगर सम्मेलन बाट रमेश बिकको अध्यक्षता १७ सदस्यीय नयाँ कार्यसमिति पनि चयन भएको जानकारी प्राप्त भएको छ ।उपाध्यक्षमा मिना शाही , सचिवमा हस्तना शाही ,सहसचिवमा हिमाल विक र कोषाध्यक्षमा सरिता जनाला सर्वसम्मत चयन भएको सचिव शाहीले कमलबजार दैनिक डटकमलाई जानकारी दिनुचयो ।
ADVERTISEMENT