हिक्मत  नेपाली ,कमलबजार पौष १० । USAID को आर्थिक सहयोगमा मर्सिकोर नेपाल र वाक नेपाल को साझेदारीमा भकारी परियोजना अन्तर्गत आज पञ्चदेवल नगरपालिका वडा नं ३ कुरिपाटा,काफ्लेगडा का ४६ जना संकटासन्न समुदायका परिवार लाई जनही १०३५० का दरले  भ्यालु भौचर वितरण गरिएको छ । पञ्चदेवल विनायक नगरपालिका जडा नं ३का वडा सदस्य मदन राज अधिकारी को अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि पञ्चदेवल विनायक नगरपालिकाका विपत व्यवस्थापन शाखाप्रमुख भरत राज अधिकारी रहनुभएको थियोे । त्यसैगरी मर्सिकोर बाट प्रसन्न प्रधान ,धनबहादुर लामा , को उपस्थिति रहेको कार्यक्रममा मर्सिकोर नेपालका CVA officer खिमबहादुर रेग्मी ले स्वागत मन्तव्य का साथै कार्यक्रमको अौचित्य र उदेश्य माथि प्रकाश पार्नु भएको थियोे भने कार्यक्रमको सञ्चालन वाक नेपाल भकारी परियोजनाका GESI officer सरिता विष्टले गर्नुभएको थियोे। उक्त कार्यक्रममा मर्सिकाेर नेपालका कर्मचारी र वाक नेपालका कर्मचारी र स्वयमसेवककाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय