हिक्मत नेपाली  , कमलबजार ,  पाैष ११ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेको अध्यक्षतामा आज बसेको नेपाल नागरिक उड्डयन प्राधिकरणको बैठकले अछामकाे कमलबजार   विमानस्थल स्तोरउन्नती गर्न ३ करोड बजेट बिनियोजन गरेको हो। त्यस्तै साफेवगर विमानस्थल स्तरउन्नतीका लागि पनि ३ करोड विनियोजन भएको छ । सो विमानस्थल हाल सञ्चालनमा रहेको छ भने  अछामको कमलबजार विमानस्थल एक पटक परिक्षण उडान भएता पनि त्यस यता सञ्चालनमा नआई गौचरनमा परिणत भएको छ ।  पुर्वी अछामको कमलबजार संगै पञ्चदेवल विनायक नगरपालिका , तुर्माखाद गाँउपालिका, ढकारी गाउपालिका र मंगलसेन नगरपालिकाको बीचमा पर्ने कमलबजार बिमानस्थलको लागी पटकपटकको प्रयास पश्चात् आज बसेकाे सो बैठकले  तीन करोड विनियोजन गरिएको कमलबजार नगरपालिका नगर प्रमुख ओम प्रकाश बिष्टले जानकारी दिनु भयो  छ  ।   यश अघि  बजेट छुटेर पनि विभिन्न उल्झनले  कार्यान्वयन नआएर फ्रिज हुने भए पनि यो वजेट जसरी पनि कार्यान्वयन गरि विमानस्थल सञ्चालनमा ल्याउने प्रमुख विष्टले बताउनु भयो । साथै  र्बिमानस्थलको स्तरोन्नतिको लागि बजेट विनियोजन गरिदिएकोमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय प्रेम बहादुर आलेलाइ नगर प्रमुख बिष्टले धन्यवाद समेत दिनु भएको छ ।

बिमानस्थल संचालनमा ल्याउनको लागी नगर प्रमुख बिष्ट बारम्बार मन्त्रालय धाउदै आइरहेनु भएको थियो  । तत्कालीन समय २०५१ मा निर्माण कार्य सुरु भएको विमानस्थलको २०५८ सालको माओवादी द्वन्दको क्रममा विमानस्थलको टावर नै ध्वस्त भएदेखि कमलबजार विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।
श्रमदानबाट बिमानस्थल निर्माण गर्दा उत्साहित भएका स्थानीयहरु लामो समयसम्म नचल्दा अहिले निराश बनेका छन् । विमानस्थल संचालनमा आउन नसक्नुको प्रमुख कारण त्यतिबेलाको माओवादीको सशस्त्र द्वन्द्व नै हो । द्वन्द्वको क्रममा २०५८ सालमा आवोवादी लडाकूहरुले बिमानस्थलको टावर नै ध्वस्त बनाई दिए ।

संचालनको तयारीमा रहेको बिमानस्थल सरोकारवाला निकायको उदासीनताका कारण सञ्चालनमा आउन सकेको छैन । कमलबजार विमानस्थल बन्द हुँदा आकस्मिक कामका लागि जिल्ला बाहिर जाने र सिकिस्त बिरामीलाई समस्या पर्दै आएको छ । बन्द रहेको विमानस्थल छिटो भन्दा छिटो संचालनमा ल्याउन स्थानीयले माग गर्दै आएका छन। विमानस्थल सञ्चालनमा आए पर्यटन क्षेत्रमा समेत  टेवा पुग्ने नगर प्रमुख बिष्टले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय