
निर्मल राजा पौष १२
नेपाली काङग्रेस कैलालीको जिल्ला कार्यसमितीको निर्वाचन पौष २७ गते हुने भएको छ ।
नेपाली काङग्रेस केन्द्रीय निर्वाचन समितीको आज बसेको बैठकले कैलाली काङग्रेसको निर्वाचन २७ गते गर्ने निर्णय गरेको हो।
कैलाली सहित १६ जिल्लाको अधिवेशन पौेष २७ गते हुने नेपाली काङग्रेस केन्द्रीय निर्वाचन समितीका सचिव केशव रिजालले बताए ।
कैलाली सहित अछाम सप्तरी,सिरहा,धनुषा,बांके,सर्लाही,रौतहट,नवलपुर,बारा,पर्सा,चितवन, रौतहट,सिन्धुली,मकवानपुर,सिन्धुपाल्चोकमा पौष २७ गते निर्वाचन हुने भएको हो ।
यस अधि केन्द्रीय निर्वाचन समितीको कार्यतालिका अनुसार मंसिर १० गतेका लागी भनिएको निर्वाचन प्रदेश अधिवेशनको आयोजक समेत कैलाली रहेको र आवश्यक तयारी पुरा नभएका कारण कैलाली काङग्रेसको निर्वाचन केन्द्रीय निर्वाचन पछि हुने कैलाली काङग्रेसका सभापति नर नारायण शाह मनुले पत्रकार सम्मेलन मार्फत पुर्व जानकारी गराएका थिए ।
यसैबिच कैलाली काङग्रेसको नेतृत्वका लागी भने आधा दर्जन नेताहरु चर्चामा छन भने केहीले यस अधि नै नेतृत्वमा दाबी समेत प्रस्तुत गरिसकेका छन, ।
कैलाली काङग्रेसको सभापति पदमा प्रकाश बम, नारायणदत्त भट्ट,भिम बडुवाल, खेम चौधरी लगायतले आकाक्षी देखाएका छन् ।
त्यसैगरि सचिवमा भने तीन जनाले उम्मेदवारी घोषणा गरिसकेका छन् । उम्मेदवारी घोषणा गर्नेमा युवा नेताहरु नृप बहादुर सुनार,केशब मिश्र अमृत बि.सी रहेका छन् ।