निर्मल राजा पौष १३,
जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दियाली जनतालाई शर्तक रहन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय बर्दियाले बर्दिया जिल्लाका अधिकांश भागामा पानी पर्ने सम्भावना रहेको भन्दै सुरक्षित बस्न अनुरोध गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दियाका सहायक प्रमुख जिल्ला अधिकारी माधव प्रसाद शर्मा द्वारा हस्ताक्षिरित अनुरोधमा भनिएको छ पौष १४ गते र १५ गते बर्दियाका बिभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको सुचना प्राप्त भएकोले बालीनाली समयमै भित्र्याउन, बिरामी जेष्ठ नागरिक तथा बच्चाहरु सुरक्षित बस्न र अनावश्यक हिडडुल नगर्न अनुरोध गर्दछौ भनिएको छ ।
यसै वर्ष पनि भदौ महिनामा आएको अबिरल वर्षाका कारण बर्दियाली जनताले खेतको धान उठाउन समेत पाएका थिएनन भने सयौ मानिसहरु बिस्थापित हुनु परेको थियो ।
ADVERTISEMENT