
निर्मल राजा पौष १३
कैलालीको लम्कीका एक युवकको दुर्घटनामा परी मृत्यु भएको छ ।
कैलालीको लम्की चुहा नगरपालिका वडा नं ५ तिलकपुर बस्ने लक्ष्मण बुढाको मृत्यु भएको हो ।
कैलालीको गोदावरी नगरपालिका ०९ बल्मीमा रोकी राखेको ट्रयाक्टरमा मोटरसाईकल ठोकिएको हो ।
गोदावरी न.पा.९ बल्मीका लक्ष्मण कुमार रावतले सु.प.प्र.०-००२ त ६०७९ न. को ट्याक्टर ढुङ्गा लोड गरी रोकिएको ट्रयाक्टरमा सु.प.प्र.०१-००८ प ७१२७ न.को मोटरसाइकल ठोकिदा ४२ वर्षीय बुढा गम्भिर घाईते भएका थिए ।
माटरसाइकल चालक बुढाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारकै क्रममा मृत्यु भएको हो ।