
देवेन्द्र सञ्ज्याल
पौष १८ , अछाम
Helping Hands Nepal को समन्वय र नि शुल्क कपडा बैंक लम्की कैलालीको सहकार्यमा विकट पहाडी जिल्ला अछामको पञ्चदेवल विनायक ८ बारलामा विपन्न १२ घर परिवारलाई खाद्यान्न र न्यानो लुगा कपडा वितरण गरिएको छ।
विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेको Helping Hands Nepal को समन्वयमा विभिन्न मनकारीरुको सहयोगमा सो कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष देवेन्द्र सञ्ज्यालले जानकारी दिनु भएको छ।
दैलेखको राकम कर्णालीमा समेत भोली लुगा वितरणको कार्यक्रम रहेको र यस्ता प्रकारका सामाजिक सेवाका कार्यहरू निरन्तर रहने वताउदै संस्थाका सचिव तर्क बहादुर बिष्टले आफुहरु सधै दिन दुखीको सेवामा समर्पित हुने बताउनु भएको छ।
