
कमलबजार, पाैष २० । प्राेग्रेसिभ ईन्जिनियर एसोसिएसन नेपाल (पिन)को अछाम जिल्ला सम्मेलन आज सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको सम्मेलन बाट सचिवमा ईन्जिनियर झनक अधिकारी सर्वसम्मत चयन हुनुभएको छ । कमलबजार नगरपालिका वडा नं ७ स्थाई ठेगाना भएका अधिकारीले माद्यामिक शिक्षा श्री जाल्पा देवी माद्यामिक विद्यालय ढाँकु अछाम लिनु भएको हो । डिप्लोमा तहको इन्जिनियरिङ नेपालगन्ज मा अध्ययन गरेका अधिकारीले सिभिल ईन्जिनियरमा स्नातक भारतबाट गर्नुभएको हो । ईन्जिनियर अध्ययन पश्चात् नेपाल फर्किएका अधिकारी हाल लोकसेवा बाट लिईएको परीक्षा बाट उतिर्ण पश्चात् विगत दुई बर्ष देखि मंगलसेन नगरपालिकामा कार्यरत छन । कला र साहित्यमा समेत अभिरुचि भएका अधिकारी सरल र मेहनती स्वभावका छन ।