टेकराज भण्डारी, माघ ५, अछाम । मंगलसेन नगरपालिकाका उपप्रमुख सरिता उपाध्यायले अछाम जेसिजले गरिरहेका रचनात्मक कार्यले युवालाई उर्जा दिईरहेकाे बताउनु भएको छ ।
अछाम जेसिजकाे आठौं पदस्थापना कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बाेल्दै उहाँले युवालाई उद्यमशील, जागरुक तथा व्यवसायिक बनाउन अग्रसरता देखाईरहेकाले युवाहरु प्रेरित भैरहेकाे बताउनु भयाे ।
आफू अछाम जेसिजका विभिन्न गतिविधिमा आफू पनि संलग्न हुने माैका पाएकाे भन्दै, उद्यमशीलता तालिम, अस्पतालका विरामीका कुरुवालाई निःशुल्क खाना वितरण, मंगलसेनमा युवा सुचना केन्द्र स्थापना, काेभिड-१९ प्रभावितलाई खाद्यान्न सहयाेग, रक्तदान लगायतका कार्य श्रहानीय रहेकाे बताउनु भयाे ।
अब युवाहरुका लागि अझै रचनात्मक कार्य गर्दै सिंगाे टिम अघि बढ्न उहाँको आग्रह छ ।
युवा सूचना केन्द्रलाई अझै प्रभावकारी बनाउन आग्रह गर्दै नगर उपप्रमुख उपाध्यायले आफ्नाे र नगरपालिकाकाे तर्फबाट सहयोग गर्न तयार रहेकाे उहाँको भनाइ छ ।
अछाम जेसिज बर्ष २०२१ का अध्यक्ष अम्मरनाथ न्याैपानेकाे अध्यक्षतामा भएको आठौं पदस्थापना कार्यक्रमका बिशिस्ट अतिथि युवा परिषद अछामका अध्यक्ष लिलाराज केसी, अछाम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल, रेडक्रस साेसाईटी अछामका मन्त्री तथा अछाम बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख ध्रुवकुमार शाहीले युवाकाे क्षमता र नेतृत्व विकास गर्दै उद्यमशील बनाउन प्रेरित गरिरहेकाे बताउनुभयो । युवाहरुलाई जागरुक बनाउँदै समाज र देशकाे हितमा काम गर्न प्रेरणा दिनुपर्ने उहाँहरुकाे भनाइ छ ।
कार्यक्रममा अछाम जेसिजका पूर्व अध्यक्ष टिकेन्द्र भण्डारी नरेशकुमार शाही, तुलाराम विसीले नवनिर्वाचित पदाधिकारीलाई बधाई व्यक्त गर्नुभयाे ।
अछाम जेसिजकाे आठौं शाखा अधिवेशनले सिद्धराज ढुंगानाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ । समितिको कार्यकारिणी उपाध्यक्षमा टेकराज भण्डारी र आकांक्षा सिंह शाही, कानुनी सल्लाहकारमा दिपिका कुँवर, महासचिव हरिशचन्द्र रावल, काेषाध्यक्ष सुर्य कुमारी परियार रहनु भएको छ ।
यस्तै बर्ष २०२२ का लागि उपाध्यक्षहरुमा रमन भट्ट, फलिन्द्र उपाध्याय, बिमला कुमारी शाही र रिदम विक निर्वाचित भएका छन् ।
कार्यक्रममा बर्ष २०२१ मा उत्कृष्ट कार्य गर्ने निवर्तमान अध्यक्ष तुलाराम बिसीलाई प्रतिभा सम्मान तथा सहयाेग गर्ने मंगलसेन नगरपालिका, कार्यकारी अधिकृत खकेन्द्र साेडारी, नेपाल रेडक्रस साेसाईटी, सनसाईन प्लाजा, लाई सम्मान गरिएको छ ।
यस्तै पूर्व अध्यक्ष नरेश कुमार शाही, टिकेन्द्र भण्डारी, संस्थापक सदस्य पुष्पराज भट्ट, सदस्य बिमला कुमारी शाही, निरक शाही लगायतलाई बधाई सहित सम्मान गरिएको छ भने विभिन्न व्यक्ति तथा बाेर्डका पदाधिकारीलाई अध्यक्ष अम्मरनाथ न्याैपानेले मायाको चिनाे प्रदान गर्नुभयाे ।
पदस्थापना पछि नवनिर्वाचित अध्यक्ष ढुंगानाले कार्यक्रमकाे समापन गर्दै अछाम जेसिजले आफ्नाे कार्यकालमा सबैकाे सहयाेगमा रचनात्मक तथा सिर्जनात्मक कार्य गर्ने बताउनु भयाे ।