
मंगलसैन ,६ माघ २०७८ ।
अछाम जेसीजको ८ औं पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । बुधबार अछाम जेसीज वर्ष २०२२ को पदस्थापना कार्यक्रम मंगलसेनमा सम्पन्न भएको हो ।
मंगलसेन नगरपालिका नगर उप प्रमुख शरिता उपाध्यायकाे प्रमुख आतिथ्यतामा पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको समुद्घघाटन गर्नुभएको थियो ।
पदग्रहण कार्यक्रममा अछाम जेसीज वर्ष २०२१ का अध्यक्ष अम्मरनाथ न्याैपान्यले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष सिद्ध राज ढुंगानालाई चेन हस्तान्तरण गर्दै पदस्थापन गराउनुका साथै सपथ समेत गराएका थिए । त्यसपश्चात नवनिर्वाचित अध्यक्ष ढुंगानाले अन्य पदाधिकारीलाई सपथ ग्रहण गराएका थिए ।
समारोहलाई सम्बोधन गर्दै अछाम जेसिज वर्ष २०२१ का अध्यक्ष अम्मरनाथ न्याैपान्यले २०२२ का अध्यक्ष लगाएत सम्पुर्ण नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई दिँदै अछाम जेसिज सामाजिक क्रियाकलापमा निरन्तर अगाडी बढेको बताए ।
‘वर्ष २०२१ को नेतृत्व सम्हाल्दै गर्दा हामिले धेरै कामहरू गर्न सफल रह्यौ । कतिपय कामहरु कोभिडको कारणले गर्दा पुरा हुन सकेनन् । हामी विश्वस्त छौ ! वर्ष २०२२ को निर्वाचित टिमहरुले उक्त अपुरा कामहरुलाई पूरा गर्नेछ ।’
।
अछाम जेसिज वर्ष २०२२ का अध्यक्ष सिद्ध राज ढुंगानाले आफुलाई अध्यक्षको जिम्मेवारी प्रदान गरेको प्रती सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । ‘अछाम जेसिज छोटो समयमा सफल हुन पुगेको छ । अाफ्ना माझ थुप्रै चुनाैति रहेकाे बताउदै उक्त चुनाैतिकाे सामना गर्दै अाफ्नाे कार्यकालमा समाजमा रहेका विभिन्न बिकृति,बिसंगति लाई न्युनिकरण गर्नका लागि अभियान संचालन गर्ने बताउदै जिल्लामा रहेका खप्तड,रामाराेशन,बैजनाथ,बर्दादेबि,पन्चदेवल लगायतका पर्यटकीय महत्वका स्थलकाे संरक्षण/सम्बर्द्धन मा पहल गर्नुका साथै प्रचार प्रचार गरेर राष्ट्रिय/अन्तर्राष्ट्रिय स्तरमा चिनाउन परेत्नसिल रहने भन्दै जिल्लामा निर्माणाधीन अवस्थमा रहेकाे अछाम दरवार,चित्रे पुल,जंगलघाट सडक
,भग्नावशेस अवस्थामा परिणत हुँदै गरेकाे कैलाशखाेला जलबिधुत मर्मतका/संचालनका लागी शसक्त अावाज उठाने प्रतिबद्धता व्यक्त गरे साथै उनले युवा पिढिहरुको लागी नेतृत्व र व्यक्तित्व विकास गर्नको लागी तालिम संचालन गर्ने र युवाहरुलाई उधमशिलता र परिवर्तनका बाटोमा डोर्याउनु पर्ने कुरामा जोड दिनपर्छ ।’
अछाम जेसिज बर्ष २०२० का अध्यक्ष तुलाराम बिसि,बर्ष २०१९ का अध्यक्ष नरेश कुमार शाही पर्व अध्यक्ष टिकेन्द्र भण्डारीले वर्ष २०२१ सफलता पुर्वक पार गर्नुभएकोमा अछाम जेसिजका सम्पुर्ण टिमलाई धन्यवाद व्यक्त गरे । उनले वर्ष २०२२ का सम्पुर्ण पदाधिकारीहरुले इमानदारिता पुर्वक सफलता पाउने काम गर्ने कुरामा विश्वस्त रहेको बताए । कार्यक्रममा मंगलसेन नगरपालिका उप प्रमुख शरिता उपाध्याले
अछाम जेसिजले छोटो समयमा जिल्लामा युवा सुचना केन्द्रकाे स्थापना गर्ने सफल भएको भन्दै वर्ष २०२२ मा अछाम जेसिजले समाजमा रहेर नेतृत्व र व्यक्तित्व विकास गर्नको लागि तालिमहरु संचालन गरेर प्रभाव पार्नेछ र जेसिजको मिशन र भिजन अनुसार काम गर्नुपर्ने बताउनु भयकाे थियाे । कार्यक्रममा जिल्ला युवा समिति अछामका अध्यक्ष लिलाराज केसि,प्रेस चाैतारी नेपालका केन्द्रीय सदस्य शिवराज ढुंगाना,नेपाल रेडक्रस साेसाइटी अछामका मन्त्री धुब कुमार शाही,अछाम अस्पताल ब्यावस्थापन समितिका अध्यक्ष प्रभुनाथ खनाल लगायतकाे उपस्थिति रहेकाे थियाे।