कमलबजार, माघ ११ ।
नेपाल मजदुर किसान पार्टीको ४८ अौ स्थापना दिवसको अवसरमा पार्टीको जनवर्गीय संगठन नेपाल क्रान्तिकारी विद्यार्थी संगठन कमलबजार नगर समितिले समितिको प्रथम बैठक तथा श्रमिक साप्ताहिक पत्रिका बारे अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । ने.क्रा.वि.सं कमलबजार नगर समिति का अध्यक्ष रमेश विश्वकर्मा को अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि ने.क्रा.वि.सं अछाम जिल्ला संयोजक विरेन्द्र बहादुर शाही रहनु भएको थियो । उहाँले प्रमुख अतिथिको आसनबाट बोल्दै नेपालीको राजनीतिमा विदेशी हस्तक्षेप नांगो ढंग बाट अगाडि बढेको हुदाँ नेपालीको सार्वभौमसत्ता , अखण्डता र राष्ट्रिय स्वाधीनता कायम राख्नका लागि सम्पूर्ण देशभक्त नेपाली हरु एक भएर आन्दोलनमा लाग्नु पर्ने बताउनु भयो  साथै MCC र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भुभाग लिम्पियाधुरामा सडक कालोपत्रे गर्ने दिएको अभिव्यक्तिको घोर भर्सना गर्नुभयो  । त्यस्तै कार्यक्रममा  अर्को अतिथि नेक्राविसं  अछाम समिति सदस्य सुवास शाहीले विद्यार्थीले अध्यननशिल र लगनशील भएर समाजमा राम्रो कराको प्रचारप्रसार गर्नुपर्ने र भष्टाचार, अन्याय अत्याचारको विरुद्धमा खरो भएर उत्रन आग्रह गर्नुभयो । कार्यक्रमको सञ्चालन ने.क्रा.वि.सं कमलबजार नगर सचिव हस्तना शाहीले गर्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय