
हिक्मत नेपाली , कमलबजार माघ १४ । कुरा २०६० सालको हो । त्यति बेला म १० वर्षको थिए र ६ कक्षामा अध्ययन गर्न जाल्पा देवी मावि ढाँकुमा भर्ना भएको थिए । तस्बिरमा राखिएको रेडियो बुवा भारतबाट फर्किदा लेउनु भएको PHILIPS Radio हो जुन अहिले पनि सुरक्षित राखेछु तर बज्ने अवस्थामा छैन । रेडियो सुन्दै हुर्के । उ वेला रेडियो नेपाल लगायत सञ्चालनमा आएका एफ एम रेडियो पत्राचार पनि खुबै गरिन्थ्यो । सुनदै जादाँ रेडियोमा बोल्ने रहर जाग्यो । रेडियो बोल्ने रहर पुरा गर्न धेरै साधन पनि गरियो । वि.सं २०६५ को एसएलसी परीक्षामा प्रथम श्रेणीमा उतिर्ण पश्चात् +2 अध्ययन गर्न धनगढी लागे । BBS दोस्रो वर्षमा अध्ययन गर्दा सम्म रेडियोमा बोल्ने भोक मरेको थिएन । त्यो भन्दा अगाडि पनि त्यो क्षेत्रमा प्रवेश गर्न कोशिश गरेको थिए तर रेडियो सुन्न थालेको झन्डै ९ वर्ष पछि मात्र बाेल्ने अवसर जुर्यो । २०६९ सालमा रेडियो धनगढीले आयोजना गरेको रेडियो उद्घोषण तथा पत्रकारिता तालिममा सहभागी झन्डै ५० जना बाट कार्यक्रम सञ्चालन तर्फ उत्कृष्टमा छनोट भए पछि मात्र आधिकारिक रुपमा रेडियोमा आवाज तरङ्गित भएको थियो । तर यो आवाज BBC मा २०६७ मै बजेको थियोे फरक परिवेशमा । अग्रज पत्रकार उमिद बागचन्दले एउटा रिपोर्ट तयार गर्नुभएको थियोे विषय बस्तु चाहि कैलाली बहुमुखी क्याम्पसको विद्यार्थी साहित्य प्रतिष्ठानले जाखोर तालमा आयोजना गरेको पर्यटन प्रवर्द्धनमा विद्यार्थीको भुमिका विषयक कार्यक्रममा सहभागी अधिकांशको आवाज लिनुभएको थियोे तर बोल्नेहरु मध्येबाट केटा तर्फ मेरो आवाज मात्र सो रिपोर्टमा समावेश भएको थियोे । त्यो रिपोर्टमा आफ्नो आवाज सुन्दा यति खुसी भएको थिएकि जुन म अहिले व्यक्त गर्न सक्दैन । संयोग नै भन्नू पर्छ सो तालिममा उहाँ प्रशिक्षकको रुपमा आउनु भएको थियोे र मैले सो कुरा त्यहाँ पनि व्यक्त गरेको थिए । त्यस त्यता झन्डै आधा दर्जन रेडियो र सो हि मात्रामा पत्रिका पनि काम गरियो । सञ्चार क्षेत्रमा एक दशकको यात्रा पश्चात् आफ्नै रस्ती बस्ती र सुदूर भुगोलमा सञ्चार क्षेत्रमै केही नौले काम गर्ने कोशिश गरेको छु । म हुर्केको पाखा पखेरा , मेरो कर्म र आर्जेको ज्ञान सिपले जे सिकेको छु त्यस लाई सदुपयोग गर्ने अर्को माध्यम KBM FM 107.3 प्रशारणमा ल्याउने कोशिश गरेको छु । जसमा तपाईंको अमुल्य साथ र सहयोगको खाँचो छ । शेयर सदस्य वन्न र सहकार्य गर्नका लागि सम्पर्क नं ९८४८५३०५६२ मा सम्पर्क गर्नुहोला । Comming Soon KBM FM 107.3 MHz