सुुबाश अधिकारी, फाल्गुुण २ २०७८ ।।
कमलबजार नगरपालिकाले न्यूनतम रोजगारीका लागी आवेदन आह्वान गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तरगत आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बेरोजगार व्यक्तिले न्यूनतम रोजगारीमा आवद्द हुन चाहेमा आवेदन दिन सक्ने गरि सूचना जारी गरेको हो । नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, रोजगारीको हक सम्बन्धी ऐन २०७५ र सो को नियमावली तथा प्रधानमन्त्री रोजगार कार्यक्रम संचालन निर्देशिका २०७५ बमोजिम आर्थिक बर्ष २०७९/०८० का लागी न्युनतम १ सँय दिनको रोजगारीमा आवद्ध हुन चाहाने नागरिकलाई यहि फाल्गुुण ३ गते देखि फागुन मसान्तभित्र आवेदन बुझाउन नगरपालिकाले आह्वान गरेको छ । न्युनतम रोजगारीमा जोडिनका लागि १८ वर्ष पुरा भई ५९ बर्ष ननाघेका बेरोजगार व्यक्ति हुनुपर्ने र सम्वन्धित वडा कार्यालयमा आवेदन दिन सकिने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुुर बिष्टले बताउनुभयो । आवेदन फाराम सम्बन्धित वडा कार्यालय तथा रोजगार कार्यक्रमको वेवसाईट धधध।ऊभउ।नयख।लउ बाट समेत प्राप्त गर्न सकिने जनाईएको छ । निवेदनका साथ नेपाली नागरिकता प्रमाणपत्रको प्रतिलिपी, परिवारका सबै सदस्यको नागरिकताको प्रतिलिपी, अपाङ्गता भएका व्यक्तीको हकमा अपाङ्गता परिचयपत्र को प्रतिलिपी, बैदेशिक रोजगारी बाट फर्किएको वा श्रम स्विकृती लिई रोजगारीमा जान नपाएको ब्यक्ती भए सो ब्याहोरा खुुल्ने कागजात १ प्रति र पासपोर्ट साईजको फोटो १ प्रति पेश गर्नुपर्ने मंगलसेन नगरपालिका रोजगार सेवा केन्द्रका रोजगार संयोजक बासुुदेव भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय