सुुबाश अधिकारी, फाल्गुुण २ कमलबजार अछाम ।।
बालबालिका सम्बन्धि रणनैतिक योजनाको समिक्षात्मक कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ। नगर स्तरिय बाल अधिकार समितीका संयोजक तथा नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमका प्रमुुख अतिथी भने नगर प्रमूूख ओम प्रकाश बिष्ट रहनुु भएको थियो । नगरमा नगरपालिकामा भएका बालबालिकाको बस्तुगत अवस्थाको बारेमा नगरपालिकाका निमित्त प्रमूूख प्रशासकिय अधिकृत खड्ग बहादुुर बिष्टले जानकारी गराउनुु भयो । यस्तै उहाँले नगरपािलकामा बाल श्रमिकको संख्या न्यून रहेको बताउदै अझ यो संख्या घटाउन सबै मिलेर लाग्नुु पर्ने तर्फ जोड दिनुु भयो । यस्तै नगरका सम्पुणर् वडा बाट बालबालिकाको तथ्यांक, बालबालिकाको अवस्था पठाउन नगरपालिकाले सम्पूणर् वडाहरु लाई अनुरोध गरेकोछ । कार्यक्रमले विशेष गरि नगरमा वर्तमान समयमा बालबिवाह, बालश्रम, विभिन्न क्षेत्रमा कम बाल सहभागिताका सवालमा समीक्षा गरेको हो। कमलबजार नगरपालिकाको आयोजना र वल्र्डभिजन ईन्टरनेश्नल नेपाल तथा आस्था नेपालको सहयोगमा भएको कार्यक्रममा आस्था नेपालका कार्यक्रम अधिकृत भिम खत्रीले नगरपालिकाका बालकालिका सम्बन्धि रणनैतिक योजनाको समिक्षात्मक कार्यक्रम माथि प्रकाश पार्नु का साथै सहजिकरण गर्नुुु भएको हो । कार्यक्रमको समापनमा बोल्दै नगर स्तरिय बाल अधिकार समितीका संयोजक तथा नगर उप प्रमुख बजगाईले बालबालिकाको क्षेत्रमा सहयोगी साझेदार संस्था आस्था नेपाल र वल्र्डभिजन ईन्टरनेश्नल नेपाल प्रति आभार प्रकट गर्दै आगामी दिनमा पनि समन्वय तथा सहकार्य मार्फत अगाडी बढ्ने हो भने यस क्षेत्रमा राम्रो प्रतिफल पाउन सकिने बताउनुु भयो । उक्त समिक्षात्मक कार्यक्रममा नगरपालिकाका स्थित सम्पूूणर् वडाका वडाअध्यक्ष, नगरपािलका स्थित विभिन्न बिषयगत शाखाका प्रमुख एवंम् प्रतिनिधि, ईलाका प्रहरी कार्यालय कमलबजार ईन्चार्ज तथा प्रहरी निरिक्षक लक्ष्मीराज जोशी, आस्था नेपालका नर बहादुुर कडायत, बाल संरक्षण फोकल पर्सन लभजंग कुँवर, हेम बहादुुर चन्द लगायतका अन्य सरोकारवाला हरुको उपस्थिति रहेको कार्यक्रमको संचालन महिला तथा बालबालिका शाखा प्रमुख डम्बर ढुँगानाले गर्नु भएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय