
सुुबाश अधिकारी, कमलबजार, फाल्गुन ३।
पुर्ण सरसफाईमा प्रतिबद्धता, कुुईका बासिको ऐक्यबद्धता, भन्ने मुल ध्येयका साथ आज एक कार्यक्रमका बिच नगरपालिकाको वडा न ५ कुुईकालाई पुुर्ण सरसफाई उन्मुख वडा घोषणाको उद्धघाटन गरिएको छ । वडा स्तरिय खानेपानि सरसफाइ तथा स्वच्छता समन्वय समिति तथा वडा न ५ कुुईकाका वडाध्यक्ष नन्दसिंह चलाउनेको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख ओम प्रकाश बिष्ट प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बिष्टले सरसफाइ कार्यक्रम एक पटक उद्धघाटन् गरेर मात्र नहुने भन्दै यस कार्यलाई निरन्तरता दिईनु पर्ने कुरा महत्वपूर्ण हुने बताउनु भयो। साथै उहाँले बच्चा अवस्था बाट नै सरसफाइ गर्दै जाने हो भने भविष्यमा यस बिषयमा राम्रो प्रतिफल मिल्दै जाने बताउनुभयो । कार्यक्रममा बिशिस्ट अतिथिको रुपमा बोल्नु हुँदै नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईले बिशेष गरि महिलालाई सरसफाईमा ध्यान दिन जोड दिनु हुँदै यसको सुरुवात आफै बाट गर्नु पर्ने बताउनु भयो । यस्तै कार्यक्रममा बोल्दै नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खडग बहादुर बिष्टले सरसफाइ अरुका लागि न भई आफ्नै लागि भएकाले ब्यक्तिगत तथा वाताबरणिय सरसफाइमा ध्यान दिन अनुुरोध गर्नुभयो । उहाँले नगरपालिकाको प्रशासनिक क्षेत्रबाट आवश्यक पर्ने हरेक कुुरामा आफ्नो सहयोग रहने बताउनुु भयो । पुर्ण सरसफाई उन्मुख वडा घोषणा कार्यक्रममा वडा नं २ बजुुडाका वडाध्यक्ष रण बहादुुर खड्का, नेकपा एमालेका वडा कमिटि अध्यक्ष केशबराज तिमिल्सैना, नेपाली काँग्रेस वडा कार्यसमिती कुुईकाका शभापति डिल्ली सिंह चलाउने, वडामा निर्वाचित वडा सदस्यहरु, नगरपालिका स्थित खानेपानि तथा सरसफाई शाखा फोकल पर्सन पवित्रा भण्डारी, रुडेक नेपालका कार्यक्रम संयोजक टिकेन्द्र भण्डारी, फिल्ड संयोजक मेघराज पाण्डे, प्राविधिक उजिर सिंह नेपाली लगायत वडा स्थित सरोकारवाला हरुको उपस्थिति रहेको थियो । यसैबिच यस वडालाई पु्र्ण सरसफाई ऊन्मुख वडा घोषणा गर्न महत्त्वपूर्ण भुमिका गर्नुहुने वडाबासिलाई धन्यबाद दिदै वडा अध्यक्ष चलाउनेले सरसफाईका ५+२ सबै सुचकहरु अनिवार्य रुपमा कार्यन्वन गर्न पनि वडा बासिलाई आग्रह गर्नुभयो । यस्तै वडाध्यक्ष चलाउने यस महान कार्यमा सहयोग गर्ने सहयोगि संस्था एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रम हेलभेटास र रुडेक नेपाललाई धन्यवाद ब्यक्त गर्नुभयो। वडालाई पुर्ण सरसफाइ उन्मुख वडा घोषणा गर्न सहयोग पु¥याउने वडा स्थित विभिन्न ब्यक्ति तथा वडामा संचालित संघ संस्थालाई प्रशंसा पत्रका साथै खादा ओढाएर सम्मान गरिएको कार्यक्रमको संचालन वडा सचिब बिरेन्द्र तिमिल्सैनाले गर्नुु भएको थियो ।