
कमलबजार ,फाल्गुन ४ । कमलबजार नगरपालिका वडा नं १० घोडासैनका स्थायी निवासी नेपाली कांग्रेस कमलबजार नगर समितिका सचिव समेत रहेका राजनीतिमा सक्रिय नृप बहादुर बिष्ट (निर्मल भावुक ) ले आसन्न बैशाख ३०गते हुने स्थानीय तहको निर्वाचनमा आफू वडा अध्यक्षको उम्मेदवार रहने बताउनु भएको छ । सामाजिक सञ्जाल फेसबुकमा आफ्नो उम्मेदवारी का बिषयमा प्रष्ट पार्नु भएको छ । निर्मल बिष्टको वडा अध्यक्षमा उमेदवारि किन?
१: शिक्षा क्षेत्रमा भईरयको लाफरवाई नियन्त्रण गर्न।
२: स्वास्थ क्षेत्रमा उचित ब्यवस्थापन गरि आम नगरिकलाई स्वास्थ सेवाको कमि नहुनदिन।
३: स्थानीय बन जङ्गलको संरक्षण गरि आन्तरिक आमदानीको स्रोत बढाउन ।
४: बिद्यार्थी भाइ बहिनीहरुलाई कुनै पनि सुल्क तिर्न नपर्ने गरि निसुल्क शिक्षा प्रदान गर्न।
५: कृषि क्षेत्रमा स्थानीय कृषि जे टि य र भेटनरि पास गरेका २जना क्रमचारि राखि अाधुनिक खेति गरि कृषकहरुको हितमा काम गर्न।
६:वडा भित्रका जुनसुकै तहका क्रमचारिहलाई अफिस टायम १०/४भित्र नियमित गराउन।
७:बर्षको २पटक गरि प्रतेक बर्षमा बडामा बिभिन्न खेल प्रतियोगिता गराई खेलाडिको बिकास संगै गाउको नाम रोसन गराउन।
८:वडा भित्र जुनसुकै क्षेत्रमा क्रमचारि नियुक्ति गर्दा खुल्ला प्रदिस प्रदा गराई हाम्रो भन्दा पनि राम्रो लाई सयोग गर्न।
९:वडा भित्रको जुनसुकै ठाउमा पनि एउटा राम्रो स्थान छनोट गरि पर्याटन क्षेत्र बनाई बाहिरिय पर्याटकिय भित्राई स्थानीयको आमदानी बढाउन।
१०:एक घर एक धारो बनाई खानेपानीको उचित ब्यनबस्था गरि कहि कतै कसैलाई पनि पानिको अभाव नहुनदिन।
११:प्रतेक टोलमा उपयुक्त पार्दसि रोडको सञ्जाल पुर्याई यातायात क्षेत्रमा सबैको पहुँच पुर्याउन।
१२:वडा भित्र एक यमबुलेन्सको ब्यबस्था गरि दुखि बिरामि हुदा आम नागरिक लाई सस्तो सुलभ आवत जाआोतमा सयोग गर्न।
१३:वडा भित्र मानिसको सिपको पहिचान गरि सिलाई,बुनाई ईताधि तालिम गराई आात्मानिरभर ब्याबसाई बनाउन।
१४:गाउँ भित्रका छुवाछुत जातिय भेदभाव कुप्रथा रोडिबादि अन्धबिस्वासको अन्त गरि सब्य समाज निर्माण गर्न।
१५: गाउँ समाजमा राम्रो काम गर्नेलाई बधाई दिन सम्मान गर्न र गलत काम गर्ने जो कोहिलाई पनि कानुन बमोजिम कार्बाहि गर्न।
१६:राष्ट्र राष्ट्रियता र आम नागरिको पहरेदार बन्न।
१७:विभिन्न बर्ग जात जाति र लिङ्गको हक अधिकार सुनिश्चित गर्न।
१८:अाम नागरिकको सासक बनेर हैन सेवक बनेर गाउको बिकास, बिधिको बिकास, क्षेमताको बिकास, न्याको बिकास, गरि काम गर्न।
१९: म कमिस नखाई भष्टचार नगरि काम गर्ने छु र कमिसन खाने भष्टचार गर्ने जो कोहिलाई पनि कानुन बमोजिम दण्ड,सजाय ,जरिवान गर्न कदापि पछि नहट्न।
२०: कसैलाई काख कसैलाई पाख नगरि कोहि अाफ्नो कोहि पराई नभनि अाम नगरिकको सुझाब सल्लाह लाई अात्मासाथ गरि कसैलाई अन्याय नहुने गरि सबैको चित्त बुझ्ने गरि देश र जन्ताको हितमा काम गर्न।
२१: जन्ताका नाममा आायको बिकाश बजेटको एक रति पनि हिनामिना नगरि उचित स्थान,उचित ठाउँ,उचित काममा सहि सदुपयोग गर्न।
२२: वडा भित्र गरियका सबै कामहरुको आम नगरिकको उपस्थितिमा सार्बजनिक सुनाई गर्न गराउन।
२३:बिकास निर्माण बजेटको उपभोक्ता समिति गठन गर्दा गोप्यमा अाफुले चायको मान्छे हैन उपभोग क्षेत्रका आम नागरिकको भेला बसालि नागरिकले चायका मान्छेको उपभोक्ता समिति गठन गर्न।
२४:वडा भित्र सुझाव बकस र गुनासो बकस गरि २ बकस राखेर प्रतेक महिनामा नागरिकका सुझाब र गुनासोको सुनाई गरि कार्यान्वयन गर्ने ।