सुवास अधिकारी ,कमलबजार फाल्गुन ६ ।
अछामको प्रमूख व्यापारिक केन्द्र मध्यको एक कमलबजारमा नियमित विद्मुुत आपुुर्तीमा समस्या हुुँदा सेवाग्राही मर्कामा परेका छन् । विगत ४/५ दिन यता कम भोल्ट विद्मुुत प्रवाह हुुँदा यहाँका नियमित दैनिक कामकाज नराम्ररी प्रभावित हुुँदै आएका छन् । कमलबजारमा संचालनमा रहेका बिभिन्न कलकारखाना, कुुटानि-पिसानी मिल, बिभिन्न व्यबसायी मर्कामा पर्न थालेका हुुन् । बिशेष गरी कमलबजारमा संचालित एक मात्र रेडियो कमलबजारको नियमित प्रसारण सेवा प्रभावित भएको रेडियोका कार्यकारी निर्देशक अमर धामीले बताउनुु भयो । आवश्यक परेको बेलामा विजुली उपभोग गर्न नपाँउदा यहाँका स्थानिय बासिन्दा, व्यबसायी निकै नै मर्कामा परेका विगत लामो समय देखि कमलबजारमा बस्दै आउनुु भएकी मिलता अधिकारीले बताउनुु भयो । एक अर्का व्यपारी लोकेस रावतका अनुुसार यस विद्मुुत क्षेत्रमा काम गर्ने कर्मचारीले मर्मतमा ढिलासुुस्ती र वेवास्ताका कारण पनि आवश्यक परेको समयमा बत्ती बाल्न नपाईएको गुुनासो गर्नुुभयो । सामान्य समस्या हुुदाँ पनि यहाँका नागरिकले लामो समय सम्म बत्ती बाल्न नपाउनुु कर्मचारी र बिध्युुत प्राधिकरणको लार्पवाही भएको स्थानियले बताउने गरेका छन् । बत्ती छिनमै आउने छिनमै जाने समस्याले गर्दा झन बढि हैरानी खेप्नुु परेको यहाँका पतिपयको भनाई छ । उता अछाम विद्मुुत वितरण केन्द्रका प्रमूूख जयनन्द बोगटीले २/३ दिन अगाडि फल्ट हुुँदा केहि समस्या भएको हुुन सक्ने बताउनुु भयो । त्यसैगरी उहाँले कमलबजार क्षेत्रमा काम गर्ने कर्मचारीलाई यस बिषयमा बुुझ्न र समस्या हुुन नदिने गरि काम गर्न आग्रह गर्नुुभयो । हामी संगको कुुराकानीको क्रममा बोगटीले कमलबजारमा निमाणर्ाधिन सवस्टेशन बनि सकेपछि नियमित विद्मुुत आपुुर्तीमा केहि सहजता हुुने बताउदै उहाँले अबको केहि महिना अर्थात आउदो बर्षा भित्र नै यहाँको सवस्टेशन संचालनमा आउने पनि जानकारी दिनुुभयो । कमलबजारमा करिब २ बर्ष अघि मात्र नेपाल बिध्युुत प्राधिकरणको राष्ट्रीय प्रसारण लाईन बिस्तार भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय