कमलबजार, फाल्गुन ६ ।   नेपाल रेडक्रस कमलबजार उपशाखाको चौथो अधिवेशन बाट गोबिन्द ढकाल सभापतिमा निर्वाचित हुनु भएको छ । नेपाल रेडक्रसमा लामो समय देखि आवद्ध ढकालले यस अघि पनि कमलबजार उपशाखामा सभापतिको  जिम्मेवारी सम्हाली सक्नुभएको छ । उहाँको गत ४ वर्षे कार्यकालमा वृक्षरोपण , प्रत्येक विद्यालयमा सरसफाइ सामाग्री वितरण तथा कोभिड १९ महामारीको समयमा माक्स लगायतका स्वास्थ सामाग्री वितरण र रामारोशनका बाढी पिडितका लागि राहत संकलन गरि हस्तान्तरण गरिएको थियोे । निर्वाचित भई सके पश्चात् अध्यक्ष ढकालले रेडक्रसको मुल्य मान्यतामा आधारित रहेर थप मानविय तथा सामाजिक गतिविधिमा सक्रिय रहने प्रतिवद्वता व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय