कमलबजार, फाल्गुन १६ । नेपाली कांग्रेसमा पार्टीमा आवद्ध भई लामो समय देखि क्रियाशील राजनितीमा संलग्न कमलबजार नगरपालिका वडा १० घोडासैन निवासी गोविन्द बहादुर बिष्टले नेपाली कांग्रेसको चलिरहेको चाैधाैं महाधिवेशन अन्तर्गत फाल्गुन २० गते हुने अछाम जिल्ला अधिबेशनमा जिल्ला कार्य समितिको सहसचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन । लोक देउडा गायनमा छुट्टै पहिचान बनाएका बिष्ट राजनीति पनि छुट्टै पहिचान बनाउने दौडमा छन ।
नेपाल साँस्कृतिक संघ अछामका पुर्व सभापाति तथा केन्द्रीय सदस्य लामो समय देखि नेपली कांग्रेसको निति र सिद्धान्तमा केन्द्रित रहेर गित गाउदै आएका बिष्टले हालसंम्म पाटिको कुनै पदमा नबसेकाले यो पटक जिल्ला कमिटीमा ल्याउन सवै प्रतिनिधि हरुलाई आफुलाई भोट गरिदिन आग्रह गरेका छन । अछामको सबै वार्ड मा खुल्ला दिसा मुक्त अभियान , छाउपडि गोठ मुक्ता अभियान पुर्ण खोप अभियानलगायत लाई सफल पार्न गित संगितको माध्यम बाट योगदान पुर्याउनु भएको थियो ।
ADVERTISEMENT