निर्मल भावुक बिष्ट      कमलबजार नगरपालिका वडा न‌ १० घाेडासैन अछाम ।

लोकतान्त्रिक गणतन्त्रका सचेत नागरिकले युवा शक्ति जुर्मुरायनन् भने समाज रुपान्तरणको परिकल्पना असम्भवको संकेत देखाउछन।त्यसैले हामी युवाशक्तिले जन्ताको भावनालाई अवस्य कदर गर्नै पर्छ।राष्ट राष्टयता र लोकतन्त्रका पहरेदवार हौ हामी युवा युवाको काधमा ठूलो जिम्मेवारी छ भन्ने बोध हुनु अाजको आवश्यकता हो।हिजो पन्चायत देखि लियर अाज लोकतान्त्रिक गणतन्त्रमा पनि उनै ब्याक्तिले शासन गरिरहने हो भने के समाज रुपान्तरणमा सम्भब छ त।बिचार र दृष्टिकोणको अाधारमा समाज रुपान्तरणको लागि हामी युवा शक्ति बिच निर्मुल समिक्षा हुनुपर्छ।भनिन्छ समाज परिवर्तनका सम्बाहक हुन युवा राष्ट्रका मेरुदण्ड हुन युवा बिहानिका उदाउँदा सुर्य हुन युवा अधिकार मुखि नेतृत्वमा अबको पालो हामी युवाको हो।

अब हिजोको जस्तो बिचार र चिन्तनले हैन समाज रुपान्तरण युनिक भिजन,युनिक बिचार,युनिक कार्यसैलिले मात्र सम्भब देखिन्छ।सब्य समाज र बिकशित समाज बनाउन चेतनाको बिकाश गराउन जरुरी छ।आउन त सिङ्ग दरबार गाउमा अायो तर शक्ति र सत्ताका मान्छेहरु सिङ्गको रुपमा देखियका छन।जन्ताले सेवकको रुपमा चुनेका केही जनप्रतिनिधिहरु शासकको रुपमा परिणत भय लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाई रय जन्ताको चेहरामा मलिन्ता छायको छ।सो कुरालाई हामी युवाले मनन गर्नै प्रछ।अाफु र अाफ्ना अासेपासे हरुको खल्ति भर्ने काम भयो गरिब निमुखा जन्ता झन गरिब बन्दै गयका छन।हामी युवाको काम कसैलाई सदनमा पुर्याउने कसैलाई सडकमा पुर्याउने अान्दोलनमा ढुङ्गा हान्ने सडकमा टायर बाल्ने कसैका ईसरमा नाच्ने र प्रयोग हुने हतियार मात्र होइनौं देशलाई निकास दिने नागरिकलाई बिकाश दिने अब्बल क्षेमता राख्नै पर्छ। हामी युवाले अाफ्नो क्षेमता बल बुद्धि र बिबेक्ताले भ्याउन सकिने ठाउमा अग्रसर भयर नवीन उर्जाका साथ वाड देखि केन्द्र सम्म अाफुलाई परस्तुत गरेर अाधुनिक्ताको संज्ञा देखाउनै पर्छ।

लोकतान्त्रिक परिपाटिमा फरक बिचार र अन्याय अत्यचारको बिरोध गर्न पाईन्छ।भनिन्छ समाज किन परिवर्तन हुदैन?किनकि गरिबमा हिम्मत हुदैन।अनि मध्यम बर्गलाई फुर्सद हुदैन।अनि धनिलाई आवश्यकता हुदैन भने कसरी सम्भब छ त समाज परिवर्तन हुन।जहाँ असल राजनिति र राजनेता हुन्छन त्यो देश बिकसित हुन्छ जहा खराब राजनिती र राजनेता हुन्छन त्यो देश अबिकसित अनि अराजक अन्याय अत्यचार भष्टचार हत्या हिंसा बलतकार चोरि डकैति जस्ता क्रियाकलाप हुन्छन।त्यसैले अबको राजनिती लाई सहि मार्गदर्शनमा लैजान युवा शक्ति अगाडि सर्नै पर्छ नया ईतिहास रच्नै पर्छ अनि समाज रुपान्तरणको एझण्ड हरेक जन जनको मन मुटु मस्तिष्कमा पुर्याउन सक्नुनै सफलताको प्रमुख लक्षण हो।शक्ति र सत्ताको अाडमा उदण्ड मच्चाईरका सामान्ति सोचका बिरुद्ध सडक देखि सदन सम्म अावाज उठाउने मात्र हैन जडै देखि उखाडेर फाल्ने अब्बल साहास राख्नु नै सचेत युवाको कर्तब्य हो।कहिलै सर्बाहारा बर्गको हनममा कैलै लोकतान्त्रका नाममा कहिलै के का नाममा कैलै के का नाममा हामी सोझा जन्तालाई कुल्चिने र दबाउने कुटिल चाल चलिय यो कुरालाई युवा शक्तिले स्मरण गर्ने पर्छ।

हस्तान्तरणको कुरा गर्दा गर्दै पनि अझै हामी पुस्तान्तरण कै पछि दौडि रयका छौ कहिले सम्म दास भैरहने र चाकरी गरिरहने यस्तो परम्परा कु संस्कार को अन्त गरि नया विधि र शासनको थालनि केवल हामी युवाशक्ति बाट मात्र सम्भब छ।सचेत नागरिक शिक्षित बौद्धिक बर्गले बिबेकपुर्ण तरिकाले अब सोच्नु नै पर्छ।खोक्रा आदर्शका कुरा गर्नेहरु बाट परिवर्तन सम्भब हुदैन पारदर्शी काम र कार्यसैले बताउने हो।देशको भाग्य र भबिस्य कोर्ने अभिभारा अब हामि युवाले बोक्नु प्रछ। जन्तालाई अाफ्नो पन्जामा राखेर नचाउन खोज्ने दुस्साहस अब कसैले गर्न नखोजे हुन्छ सचेत नागरिकले राम्रोसँग बुझिसकेका छन र अनुभव गरिसकेका छन।अब कसैले कसैलाई अास्वासन,लोभ,लालोच,र प्रलोभन नदेखाय हुन्छ।बिगतका सबैकुरा हाम्रा अाखाअगाडि एना झै छर्लङ्ग छन।

हात्तीका देखाउने दात एक हुन्छन र चपाउने दात अर्को हुन्छन भनेझै शक्ति शत्ता र पदमा भयकाहरुले भित्र भित्रै अाफ्ना भनाउदाहरुलाई अगाडि समरेर कमिसन माग्ने,घुस खाने चायको मनपरि गर्ने बिकाशि बजेटको दुरुपयोग गर्ने भित्र चोर बाहिर सादु जस्तो हुने चरित्र जन्ताले कहाँ नबुझेका हुन र सबको हिसाब राखेका छन समय अायो भने देखाउने छन यो कुराको हेक्का रहोस।जन्ता न्यायाधीश हो जन्ता जनार्दन हो जन्ता सबै भन्दा ठूलो शक्ति हो जसले परिवर्तन चाहान्छन र गरेर छोड्ने छन पुर्ण बिस्वास छ।जसको नेतृत्व सक्षम,शिक्षित,सबल,निडर लोभ लालच नभयको युवाले गर्नेछ।अनिपो जन्ताका सुखका दिन अाउनेछन र हाम्रो समाज रुपान्तरणको सपना पूरा हुनेछ।सब्य र बिकशित समाजको परिकल्पना गर्नेछौं स्वाभिमानी नेपाली हुनेछौ।शान्तिको सास फेर्नेछौ। *जागौ युवा हो। *समाज रुपान्तरणमा लागौ युवा हो। जय देश जय जन्ता। जय नेपाल।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय