निर्मल राजा धनगढी २८,
कैलालीको धनगढी स्थायी घर भएका सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी लक्ष्मण बहादुर सिंह बढुवा भएका छन् ।
गृह मन्त्रालय बढुवा समितीको सचिवालयले फागुन २७ गतेको निर्णयले सिंहलाई बढुवा गरेको हो ।
२०५५ सालमा बारा जिल्लाबाट सशस्त्र प्रहरीमा सेवा प्रवेश गरेका सिंह सशस्त्र प्रहरी बरिष्ठ उपरिक्षक एसएसपी बाट सशस्त्र प्रहरी नायब महानिरिक्षक डिआइजी मा बढुवा भएका हुन्।
सशस्त्र प्रहरी नायब महानिरिक्षक डीआईजीहरु मन्दीप श्रेष्ठ ,खड्गजीत राई तथा प्रवीण श्रेष्ठले अवकाश पाएपछि सशस्त्रमा तीन डीआईजी पद रिक्त भएको थियो भने उक्त पदका लागि एसएसपीहरु लक्ष्मण बहादुर सिंह ,विदुर खड्का, प्रदीपकुमार पाल, कृष्णराज पाठक लगायत प्रतिस्पर्धी थिए ।
। सशस्त्रको बढुवा समितिले फागुन २७ जारी गरेको सूचना अनुसार सशस्त्र प्रहरी सेवा, साधारण समूह, साधारण उपसमूहमा रिक्त रहेका डीआईजी पदमा कैलालीको धनगढी उपमाहानगरपालिका वडा नं २ बैयावेहडी स्थायी घर भएका सिंहलाइ डिआइजी मा बढुवा गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय