अछाम । अछाम जिल्लाको साँफेवगर नगरपालिका वडा.नं ३ (साविकको सिद्धेश्वर गा.वि.स वडा नं ६) मा बि सं २०३७ सालमा बुवा गोरे सुनार र आमा राधा देवी सुनारका जेष्ठ सुपुत्रका रुपमा जन्मिनु भएका नृप बहादुर सुनार सामान्य गरिब किसान परिवारमा जन्मिनु भएको हो हाल कैलालीको धनगढी उपमहानगरपालिका–२ बैयाबेहडीमा बस्नु हुन्छ। अध्ययनमा अब्बल रहेका सुनारले व्यवस्थापन संकायका स्नाकोत्तर तह (एम. बि. एस) सम्मको अध्ययन गर्नु भएको छ । सानै देखी हक्की स्वभावका सुनार सधै नेतृत्व लिन तयार हुन हुनुहुन्थो । नेपाली कांग्रेस कैलालीकाे सचिबमा लाेकप्रिय मतका साथ विजेता बनेका सुनारले बौद्धिक नेताको छवि बनाउनु भएकाे छ ।
राजनितिक यात्रा
बि सं २०५३ सालमा नेपाल बिद्यार्थी संघको बिद्यालय कार्य समितिको ईकाई सभापती बाट सुरु भएको सुनारको राजनितिक यात्रामा अनेकौ आरोह अवरोह आए । हाल नेपाली कांग्रेश कैलाली जिल्ला कार्य समितीको सचिबमा लोकप्रिय मतका साथ बिजेता हुनु भएका सुनारको राजनितिक यात्रा भने लामो छ । बि सं २०५६ सालमा कैलाली बहुमुखी क्याम्पसको ईकाई कार्य समितिको सदस्य हुनु भएका सुनारले २०५७ देखि २०५८ साल सम्म कैलाली बहुमुखी क्याम्पसको ईकाई कार्य समिति उपाध्यक्षको जिम्मेवारी समाल्नु भयो । त्यसै गरी २०५८ देखि २०५९ सम्म कैलाली बहुमुखी क्याम्पसको ईकाई सभापतीको जिम्मेवारी समाल्नु भएको थियो ।
नेतृत्व लिन सधैं तयार रहने सुनार २०६० देखि २०६१ सम्म नेपाल बिद्यार्थी संघ कैलालीको सभापती रहनु भएको थियो । बिद्यार्थी राजनिती कालमा सवैको मनमा बस्न सफल सुनार २०६२ देखि २०६४ सम्म नेपाल बिद्यार्थी सघको केन्द्रीय सदस्यको जिम्मेवारी समालेर काम गर्नु भएको थियो । राजनितिक यात्रामा निरन्तर सक्रिय रहेका सुनार २०६८ देखि २०७६ सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्य भएर काम गर्नु भयो ।
२०६४ सालमा नेपाल बिद्यार्थी सघको तर्फबाट स्वबियु सभापतिको उम्मेदवार ( माओबादीको र अखिलको झगडाले स्वबियुको निर्वाचन स्थगित ) समेत रहेका सुनार आफ्नो राजनितिक यात्रामा कहिल्यै बिचलित हुनु भएन । नेपाली कांग्रेसका संस्थापक बिपीको विचार बाट प्रभावित भएर राजजितीमा पाइला चालेका सुनार पार्टीले सुम्पिएको जिम्मेवारी सकुशल निर्वाह गर्ने क्रममै २०६८ देखि २०७२ साल सम्म नेपाल तरुण दलको केन्द्रीय सदस्यमा रहेर संगठन मजबुत बनाउने काममा तल्लिन रहनु भयो ।
२०७२ देखि नेपाली कांग्रेस कैलालीको जिल्ला सदस्य र २०७४ साल देखि जिल्ला कार्य सम्पादन समितिको सदस्य हुदै जिल्ला कार्यक्रम तथा प्रशिक्षण शाखाको सयोजक तथा पार्टीका तर्फबाट जिल्ला प्रशासन कार्यालय कैलालीमा पार्टी प्रतिनिधि समेत रहेका सुनारले पार्टीको १४ औ महाधिवेशनका लागि क्रियाशिल सदस्य नबिकरणमा प्रमुखको भुमिका निर्बाहा गर्नु भएको छ ।
१४ औ महाधिवेशन कैलालीको प्रचार प्रसार समितिको संयोजकको भुमिका निर्वाह गरेर भव्य र सभ्य तवरले निर्वाचन गराउनमा महत्वपुर्ण भुमिका खेलेका सुनार प्रथम सुदुुरपश्चिम प्रदेश नेपाली कांग्रेसको प्रचार प्रसार समितिको संयोजक पनी हुन ।
जेल तथा यातना
हक्की स्वभावका सुनार बिभिन्न समय कालखण्डका प्रतिगमन विरुद्धको आन्दोलनका समयमा गिरफतार समेत पर्नु भएको थियो । बिशेषत २०६२ श्रावण देखि कार्तिक सम्म ९१ दिन कैलाली जिल्ला कारगारमा राजबन्दीका रुपम जेल जीवन बिताउनु भएको थियो । यसै कारण उहाँले St. Francis University Canada मा अध्ययनको अवसर समेत गुमाउनुपरेको थियाे ।
देश बिदेश भ्रमण
नेपाल बिद्यार्थी संघ र तरुण दल केन्द्रीय समितिमा रहदा देशका ६२ जिल्लाको भ्रमण गरेका सुनार नेपाल बिद्यार्थी संघको तर्फबाट बिश्व सामाजिक बिकासको बैठकम भारतमा सहभागी हुनु भएको थियो । नेपाल तरुण दल केन्द्रीय समितिका तर्फबाट चीन, भारत र श्रीलंकामा युवा संग अनुभव आदान प्रदान कार्यक्रममा नेपालको प्रतिनिधिका रुपमा सहभागी भएर आफ्नो जिवन तथा राजनितिक यात्राका क्रममा भोग्नुभएका अनुभव सो कार्यक्रममा अभिव्यक्त गर्नु भएको थियो ।