निर्मल राजा धनगढी १,
कैलालीको धनगढीमा केन्द्विय कार्यालय रहेको नवजीवन सहकारी संस्था लि.को अध्यक्षमा देव बहादुर बम निर्वाचित भएका छन्।
कैलालीको धनगढीमा २८ गते भएको निर्वाचनको मत परिणाम अनुसार बम अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षमा निर्वाचित बमले ८ हजार ३ सय ९१ मत ल्याइ विजय भएका हुन ।
उनले निकटतम प्रतिद्वन्द्वी रतन कठायतलाई एक हजार ३ सय ८ मतान्तरले पराजित गरेका हुन्
त्यसैगरि उपाध्यक्षमा चेतराज ओझा बिजय भएका छन् ।

त्यस्तैगरी सदस्यहरुमा इन्दिरा जैशी, उत्तम जोशी, गोपालराज पाठक, केशवराज मिश्र, महेशराज विष्ट, घनबहादुर शाह, उपेन्द्र विष्ट निर्वाचित भएका छन् ।
यस्तै सदस्यमा निर्वाचित हुनेमा शिवकुमार जोशी फुलारा, गणेश बम, जयराज जोशी, विश्वनाथ ओझा  रहेका छन् ।

१६ जना सदस्यको लागी भएको निर्वाचनमा १७ हजार ८० मत खसेको थियो ।
उक्त सहकारीको नेतृत्व हातमा लिन १ महिना अघि देखि नै दुइ प्यानल बनाई चुनावी मैदानमा उत्रिएका थिए।

कैलालीको धनगढीमा भएको चुनावमा अध्यक्ष पदमा रतन बहादुर कठायत र देब बहादुर बमको टीम आ आफनो प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए।
देशकै प्रतिष्ठित सहकारीको पहिचान बनाएको नवजीवन सहकारी संस्था लि. को करिब २९ हजार ५ सय ७७ शेयर सदस्य छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय