
हिक्मत नेपाली
कमलबजार, चैत्र ४ । अछाम जिल्ला अदालत बाट कमलबजार नगरपालिकामा न्यायिक समितिले गरेका कार्यको अनुगमन गरिएको छ । अछाम जिल्ला अदालतका प्रमुख माननीय न्यायाधीश नवीन कुमार जोशी लगायतको टोलीले आज अनुगमन गरेको कमलबजार नगरपालिकाको न्यायिक समितिका संयोजक तथा कमलबजार नगरपालिकाका उपप्रमुख भुमिसरण ढकाल बजगाईले कमलबजार मिडिया प्रा लि द्वारा सञ्चालित कमलबजार दैनिक डटकम लाई जानकारी दिनुभयो । कमलबजार नगरपालिकाका नगरप्रमुख ओम प्रकाश बिष्टको कार्यकक्षमा कमलबजार नगरपालिकाको न्यायिक समितिले सम्पादन गरेका कार्य र चुनौतीका बिषयमा सामान्य छलफल समेत गरिएको प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले जानकारी दिनुभयो । हाल सम्म कमलबजार नगरपालिकाकाे न्यायिक समितिमा विभिन्न किसिमका १८ वटा उजुरी परेका उजुरी प्रशासक पवित्रा भण्डारीले जानकारी दिनुभयो ।