हिक्मत नेपाली
कमलबजार , चैत्र ४ ।
वडा स्तरीय बाल क्लबका पदाधिकारी माझ  बालविवाह विरुद्ध बालबालिकाको भुमिका बिषयक बक्तित्वकला प्रतियोगिता कमलबजारमा सम्पन्न भएको छ ।
महिला बालबालिका शाखाको आयोजनामा भएको कार्यक्रममा युनिसेफ नेपालको सहयोग तथा समन्वय रहेको थियोे ।  सो कार्यक्रम बाल अधिकार समितिका संयोजक तथा कमलबजार नगरपालिकाका नगर उपप्रमुख भुमिसरण ढकाल बजगाईको अध्यक्षता भएको थियो । कार्यक्रमका प्रमुख अतिथि कमलबजार नगरपालिकाकाका प्रमुख ओम प्रकाश बिष्ट रहनु भएको थियो । अथितीमा कमलबजार नगरपालिका वडा नं २ का वडा अध्यक्ष रण बहादुर खड्का, वडा नं ३ का वडा अध्यक्ष जगत बहादुर बिष्ट , वडा नं ७ का वडा अध्यक्ष गोविन्द बहादुर भण्डारी त्यसै गरि वडा नं ९ का वडा अध्यक्ष दुर्गा प्रसाद बजगाई रहनु भएको थियोे । कमलबजार नगरपालिका प्रमुख प्रसासकिय अधिकृत खड्ग बहादुर बिष्ट , प्रशासन शाखा प्रमुख पु्र्ण प्रसाद बजगाई लगायत विषयगत शाखा प्रमुख अथिती रहनु भएको थियोे ।
प्रतियोगिताको नि्र्णायकमा महिला तथा बालबालिका शाखा प्रमुख डम्बरा ढुङ्गाना , शिक्षा तथा खेलकुद शाखा प्रमुख नैन बहादुर कुँवर र शिक्षक रुपानन्द  उपाध्यक्ष रहनु  भएको थियोे । कमलबजार नगरपालिका का १० वटै वडामा रहेका बालक्लवका पदाधिकारी मध्य बाट १० जना बालक र दस जना बालिका को सहभागीता रहेको प्रतियोगिता मा छात्रा तर्फ  प्रथम वडा नं १ बाट सहभागी डिक्रा बजगाई हुनु भयो  । वडा नं ९ बाट सहभागी पुर्ण कला बजगाई द्वितीय हुनुभयो भने तृतीय स्थान वडा नं ४ कि सीता थापा भईन भने वडा नं ६ बाट सहभागी सरिता जनालाले सान्त्वना स्थान हासिल गरिन । छात्र तर्फ प्रथम ६ नं वडा बाट सहभागी विनोद शाही , द्वितीय स्थान वडा नं १ का सुमन बजगाई , तृतीय स्थान वडा नं ३ का हिमाल बिष्ट भए भने वडा नं ४ बाट सहभागी लोकेश नेपाली सान्त्वना भएको जानकारी प्राप्त भएको छ । उक्त कार्यक्रमको सञ्चालन फोकल पर्सन पवित्रा भण्डारीले गर्नु भएको थियोे।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय