
कमलबजार, चैत्र ५ ।
आज कमलबजार नगरपालिका वडा नं ८ डुङ्गालामा नेकपा एमाले वडा कमिटीको विस्तारित बैठक तथा आम भेला सम्पन्न भएको छ । वडा कमिटी का अध्यक्ष प्रजा बहादुर बोगटीको अध्यक्षमा भएको बैठकका प्रमुख अथिती अछाम क्षेत्र नं २ बाट निर्वाचित प्रतिनिधि सभा सांसद यज्ञ बहादुर बोगटी रहनु भएको थियोे । विशिष्ट अथितीमा नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शिव प्रसाद उपाध्याय , कटक बहादुर साँउद रहनु भएको थियो भने अथितीमा अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष डिबी साँउद, नेकपा एमाले अछाम जिल्ला उपाध्यक्ष बल बहादुर कुँवर , जिल्ला कमिटी सचिवालय सदस्य तथा कमलबजार नगर ईन्चार्ज दिपक प्रसाद अधिकारी , जिल्ला कमिटी सदस्य दुर्गा प्रसाद बजगाई, गोविन्द प्रसाद ढकाल रहनु भएको थियोे । यस्तै अथितिमै नेकपा एमाले अछाम जिल्ला कमिटी सल्लाहकार सदस्य प्रेम प्रसाद ढकाल , ललित चलाउने कमलबजार नगरकमिटी अध्यक्ष खेमराज जैसी क्षेत्रीय कमिटी सदस्य लोकेन्द्र चलाउने , दान बहादुर चलाउने ,उजिर सिंह साउद , नगरकमिटी सदस्य चक्र बहादुर साँउद , पहल बहादुर बिष्ट ,पानसरा नेपाली , नरेन्द्र कुमार साँउद, तेज बहादुर नेपाली ,जनक प्रसाद बजगाई , नेपाल राष्ट्रिय शिक्षक संगठनका सदस्य कम्मान सिंह चलाउने , छत्र बहादुर बिष्ट , जानकी रावल, नेपाल निजामती कर्मचारी संगठन अछाम जिल्ला कोषाध्यक्ष एवं प्रेस चौतारी नेपाल जिल्ला शाखा अछामका सदस्य तथा कमलबजार मिडिया प्रालीका प्रबन्ध निर्देशक हिक्मत बहादुर नेपाली, कमलबजारमा नेकपा एमालेका संस्थापक मध्येका कल्लाने दमाई लगायत रहनु भएको थियोे । सो बैठक सम्बोधन गर्ने अधिकांश वक्ताले नेकपा एमाले लाई आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय निर्वाचनमा सुर्य चिन्हमा मतदान गरि विजेता बनाउन जनता समक्ष आग्रह गर्नु भएको थियोे । वितेको पाँच बर्षमा जनप्रतिनिधिले गरेका कामको सहि मुल्यांकन गर्ने समय आएको र आम नागरिकले आउदो स्थानीय निर्वाचनमा जनताका पक्षमा काम गर्न उम्मेदवार लाई जिताउन पर्नेमा जोड थियो । कमलबजार नगरपालिकाको सन्दर्भमा एमालेको दई तिहाइ बहुमत सहितको स्थानीय सरकार बनाउन एमालेले जनताका पक्षमा तथा विकासका सवालमा पुर्याएको योगदान तथा गरेका काम लाई प्रचारप्रसार गरि संगठनलाई थप ससक्त बनाएर जानू पर्नेमा एकमत हुन आवश्यक रहेको सहभागी बक्ताहरुको भनाइ रहेको थियो । सो कार्यक्रममा विभिन्न बक्ताले सम्बोधन गरेको विस्तृतमा श्रव्य दृश्य भिडियो KAMALBAZAR MEDIA(KBM TV) युटुब च्यानलमा हेर्न सकिने छ । आजको कार्यक्रमको सञ्चालन वडा कमिटी सचिव दलजित बिष्टले गर्नुभएको थियोे ।