कमलबजार , चैत्र १२ ।
कमलबजार नगरपालिका वडा नं २ बजुडाको आयोजनामा बालबालिका लक्षित कार्यक्रम अन्तर्गत स्थानीय बाल क्लबका पदाधिकारीहरू लाई  बालमैत्री शासन व्यवस्था सम्बन्धि एक दिने अनुशिक्षण कार्यक्रम कमलबजारमा सम्पन्न भएको छ ।वडा नं २ का वडा अध्यक्ष रण बहादुर खड्काको अध्यक्षता भएको कार्यक्रमको कमलबजार नगरपालिका महिला बालबालिका शाखाकी प्रमुख डम्बरा ढुङ्गाना र आस्था नेपालका फिल्ड अधिकृत नर बहादुर कठायतले सहजिकरण गर्नु भएको थियोे । कार्यक्रमको सञ्चालन वडा सचिव विरेन्द्र भण्डारीले गर्नु भएको थियो । सो कार्यक्रममा २५ जना बालबालिकाको सहभागीता रहेको ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय