कमलबजार , चैत्र १३ ।
कमलबजार नगरपालिका वडा नं २ बजुडाको आयोजनामा अनाथ, टुहुरा विपन्न परिवार र अपांगता भएका परिवारका १८ जना बालबालिका लाई शैक्षिक सामाग्री वितरण गरिएको छ । वडा नं २ का वडा अध्यक्ष रण बहादुर खड्काको अध्यक्षता भएको शैक्षिक सामाग्री वितरण कार्यक्रमको सञ्चालन वडा सचिव विरेन्द्र भण्डारीले गर्नु भएको थियो । आ.व २०७८/०७९ को वडामा छुट्याइएको दलित तथा अपांग लक्षित बजेट बाट शैक्षिक सामाग्री वितरण गरिएको वडा सचिव भण्डारीले जानकारी दिनु भयो ।अनाथ, टुहुरा विपन्न परिवार र अपांगता भएका परिवारका १८ जना बालबालिकालाई जनही एउटा झोला, १ दर्जन कापी र कलम वितरण गरिएको छ । आर्थिक अवस्था कमजोर भएकै कारण शिक्षाको उज्यालो घाम बाट कोही पनि बन्चित नहोउन भन्ने उदेश्य बोकेर शैक्षिक सामाग्री वितरण गरिएको वडा सचिव भण्डारीले बताउनु भयो ।
