कमलबजार चैत्र १३ ।
कमलबजार नगर स्तरिय दलित संजालको वडा नं ४ चाल्सा र वडा नं ५ कुईकामा वडा स्तरीय दलित सञ्जाल विस्तार गरिएको छ । कमलबजार नगरपालिका वडा नं ४ चाल्सामा चैत्र १२ गते दलित जेष्ठ नागरिक नवराज बिकको अध्यक्षता बसेको आम भेलाले १८ सदस्यीय वडा संजाल गठन गरिएको छ । जसको अध्यक्षमा लालबहादुर नेपाली ,उपाध्यक्षमा नवराज विक , सचिब लक्ष्मण बिक, सहसचिव नैन सिंह नेपाली र कोषाध्यक्ष धिर्जा नेपाली लगायत १८ सदस्यीय वडा स्तरीय संजाल गठन गरिएको नगर स्तरीय दलित संजालका सचिव मिलन नेपाली जानकारी दिनु भएको छ ।
यस्तै कमलबजार नगरपालिका वडा नं ५ कुईकामा ईन्द्र बिकको अध्यक्षता १५ सदस्यीय वडा स्तरीय संजाल गठन गरिएको छ । संजालको उपाध्यक्षमा मोती टमट्टा, सचिव टेक बहादुर भुल, सहसचिव डम्मर बिक र कोषाध्यक्षमा हिरा बिक चयन हुनु भएको छ । सो वडा स्तरीय भेलालाई कमलबजार नगर स्तरीय दलित संजालका उपाध्यक्ष रण बहादुर टमट्टा , सचिव मिलन नेपाली , कोषाध्यक्ष तुलसी नेपाली , बरिस्ठ सदस्य प्रकाश विश्वकर्मा , लगायतले सम्बोधन गर्नु भएको थियोे ।
ADVERTISEMENT