अछाम , चैत्र १४। अछाम जिल्लाको तुर्माखाँद गाउँपालिका केन्द्रमा पहिलो पटक विद्युत पुगेको छ। नेपाल विद्युत प्राधिकरण बितरण केन्द्र अछाम,प्रसारण लाइन गाउँपालिका केन्द्रमा विद्युत प्रसारण लाइनको समुदघाटन कार्यक्रम आज सम्पन्न भएको छ ।

आगामी कार्यक्रममा सबै वडामा विद्युत प्रसारण लाईन बिस्तारको कार्य थालनि रहने तुर्माखाँद गाउँ पालिका अध्यक्ष पुष्पराज शर्माले जानकारी दिनु भएको  छ ।

तुर्माखाँद गाउँपालिका अछाम मा आज पहिलो पटक विद्युत प्रसारणको केन्द्रिय प्रसारण लाइन बिस्तारको उद्घाटन समारोहका अध्यक्ष तुर्माखाँद गाउँ पालिका अध्यक्ष पुष्पराज शर्मा , अछाम जिल्ला समन्वय प्रमुख नर बहादुर कुवर , बिशिस्ट अतिथि उप प्रमुख टोप बहादुर रावल,गाउँ पालिका उपाध्यक्ष अमृता बुढा ,जिल्ला अधिकारि बिश्व राज मरासिनी,जिल्ला प्रहरी कार्यलय प्रमुख रबि राज थपलिया,प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बुढा,राष्ट्रिय अनुसन्धान प्रमुख गणेश चन्द,विद्युत कार्यलय प्रतिनिधि चित्र बजगाइ,कृयाशिल राजनितिक पार्टीका प्रतिनिधिहरु,पुर्ब गाउँ बिकास समिति अध्यक्षहरु,गाउँपालिका सबै वडा अध्यक्षहरु,कार्यपालिका सदस्य,गाउँ सभा सदस्यहरु, पत्रकार सर्बसाधारण लगायत सबैकोहरु उपस्थितिमा बिधिवत रूपमा उद्घघाटन कार्यक्रम सम्पन्नभएको छ ।  copy

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय