अखिल नेपाल प्रगतिशील जनस्वास्थ्यकर्मी महासंघ सुदूरपश्चिम प्रदेशको महेन्द्रनगरमा सम्पन्न प्रथम भेलाले प्रदेश अध्यक्षमा बलबहादुर रावललाई चयन गरेको छ ।

प्रगतिशील जनस्वास्थ्यकर्मीका केन्द्रीय अध्यक्ष डा. कृष्णसागर शर्माको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा रावलको  नेतृत्वमा नयाँ नेतृत्व चयन भएको हो ।उपाध्यक्षमा धोके राना, नरबहादुर टमट्टा, सचिवमा गजेन्द्रबहादुर बिष्ट, कोषाध्यक्षमा हिमा ज्ञवाली, सहसचिवमा केबल बुढा चयन हुनुभएको छ । त्यस्तै शान्ति बलमपाकी, अर्जुन ताम्राकार, प्रतिज्ञा चौधरी, पार्वती जैसी, खकेन्द्र चौधरी, केशरी शर्मा बजगाई लगायत ५१ जना सदस्यीय कार्यसमिति चयन भएको केन्द्रीय उपाध्यक्ष तथा भेला संयोजक पंकज रावलले बताउनुभयो ।
कार्यक्रममा संगठन इन्चार्ज कल्पना धमला प्रमुख अतिथि, महासंघका सहअध्यक्ष बामदेव अर्याल, नेकपा माओवादी महेन्द्रनगरका अध्यक्ष हरिराम चौधरी, कञ्चनपुर इन्चार्ज टेकेन्द्र भट्ट, कन्चनपुर अध्यक्ष खेम पाण्डे लगायतको उपस्थिति थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय