हिक्मत नेपाली
कमलबजार , चैत्र २३ ।
बाल संरक्षण कार्यक्रम अन्तर्गत स्थानीय योजना तर्जुमा प्रक्रियामा बालबालिका र युवाको सहभागिता बिषयक अन्तरक्रिया कार्यक्रम आज कमलबजारमा सम्पन्न भएको छ । युनिसेफको सहयोग तथा कमलबजार नगरपालिकाको सहकार्यमा बागेश्वरी असलशासन क्लब(बास)को आयोजनामा गरेको उक्त अन्तरक्रिया कार्यक्रम कमलबजार नगरपालिकाका नगरप्रमुख ओमप्रकाश बिष्टको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै नगरप्रमुख बिष्टले स्थानीय स्तरमा बालबालिकाको आवश्यकताको आधारमा बजेट बिनियोजन गरि कार्यान्वयन गर्नु पर्ने बताउनुभयो । साथै बालबालिकाका समस्या पहिचान गरि समाधान गर्न तर्फ लाग्न सम्पूर्ण सरोकारवाला लाई आग्रह समेत गर्नुभयो । यस्तै कार्यक्रममा नगर उपप्रमुख भुमिशरण ढकाल बजगाईले बालविवाह न्यूनीकरणका लागि थुप्रै कार्यक्रम गरिए पनि प्रभावकारी नभएको प्रति चिन्ता व्यक्त गर्नु भयो । यश अघि नगरले आर्थिक स्थिति कमजोर भएका महिला तथा बालबालिकालाई लक्षित गरि आर्थिक सहायता गरेको कुरा लाई स्मरण गर्दै आगामी दिनमा पनि यस कार्यक्रम लाई निरन्तरता दिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा कमलबजार नगरपालिका वडा नं १ का वडा अध्यक्ष तेज बहादुर बिष्ट , २ का वडा अध्यक्ष रण बहादुर खड्का ,३ का वडा अध्यक्ष जगत बहादुर बिष्ट , ४ का वडा अध्यक्ष ललित ढोली , ५ का वडा अध्यक्ष नन्द राज चलाउने त्यस्तै वडा नं ७ का वडा अध्यक्ष गोबिन्द बहादुर भण्डारी , ८ का वडा अध्यक्ष नैन बहादुर बिष्ट, ९ का वडा अध्यक्ष दुर्गा प्रसाद बजगाई र १० का वडा अध्यक्ष भिम बहादुर बिष्टको सहभागीता रहेको थियो । दशै वडाका वालक्लबका कार्यक्रममा सहभागी प्रतिनिधिले वडामा योजना तर्जुमामा बालबालिकाको सहभागी ता गराउनु पर्ने आग्रह गरेका थिए । ९ नं वडा बाहेक बाट सहभागी बाल क्लबका प्रतिनिधिले वडामा तर्जुमा कार्यक्रममा सहभागी नगराएको बताए ।
अन्तरक्रिया कार्यक्रममा कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्टले कमलबजार नगरपालिकाले बालबालिका का क्षेत्रमा गरिरहेका कामका बिषयमा जानकारी गराउनु भएको थियोे । स्थानीय सरकार सञ्चालन ऐन २०७४ आउनु भन्दा पहिले समाबेशी लक्षित बजेट निश्चित प्रतिशतमा तोकेर आउने भएता पनि अहिले आवश्यकताका आधारमा स्थानीय सरकारलाई छुट्याउन पाउने अधिकार भएकोले सोही अनुसार अभ्यास भईरहेको बताउनु भयो । उहाँले बालबालिका लक्षित राज्यले सञ्चालन गरेको बालपोषण भत्तामा समाबेश हुनका लागि पालिकामा सत प्रतिशत जन्म दर्ता भएकोले बालबालिकाले आफ्नो राज्य बाट प्राप्त हुने विभिन्न अवसर तथा हक अधिकार स्थापित गर्नका लागि पनि सजिलो हुने बताउनु भयो ।
पालिकाका भित्रका वडा नं ७, ८ , ९ र १० बासले सञ्चालन गर्ने रुपान्तरण कक्षाका लागि छनोट गरिएको तत्कालै रुपान्तरण कक्षा सञ्चालन हुने बासका संयोजक रबिन्द्र बोहरा ले जानकारी दिनुभयो । कार्यक्रममा कमलबजार नगरपालिकाका विभिन्न बिषयगत शाखाका प्रतिनिधिको पनि सहभागीता रहेको थियो । प्रशासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाई , पोषण शाखा प्रमुख दुर्गा सिजापती बिष्ट , एम आई एस शाखाका फिल्ड सहायक हिक्मत बहादुर नेपाली लगायतको उपस्थिति रहेको थियोे । आजको अन्तरक्रिया कार्यक्रममा सहभागी हरुबाट ४ वटा बुदा समेटिएको प्रतिबद्धता पत्र जारी गरिएको फोकल पर्सन पवित्रा भण्डारीले जानकारी दिनु भएको छ । जसमा स्थानीय योजना तर्जमामा बालबालिकाको अर्थपूर्ण सहभागीता गर्ने , स्थानीय आवश्यकताका आधारमा बालबालिका लक्षित बजेट छुट्याउनु पर्ने असहाय टुहुरा बालबालिका लाई संरक्षणको दायरामा ल्याउन पहल गर्ने लगायतका प्रतिबद्धता समेटिएको बताएको छ । सो अन्तरक्रिया कार्यक्रमको सञ्चालन खानेपानी तथा सरसफाइ शाखा प्फोरमुख तथा फोकल पर्सन पवित्रा भण्डारीले गर्नुभएको थियोे भने सहजिकरण बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले गर्नुभएको थियोे ।