
कमलबजार , चैत्र २३ । प्रादेशिक शुसासन केन्द्र पुन्ना डोटीको आयोजनामा लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण एवं रणनीति तर्जुमा कार्यक्रम कमलबजार नगरपालिकामा सम्पन्न भएको छ । कमलबजार नगरपालिकाका नगर प्रमुख ओम प्रकाश बिष्टको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रादेशिक सुशासन केन्द्र डोटी बाट आउनु भएका योगेन्द्र ओझाले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण मुलप्रवाहिकरण एवं रणनीति तर्जुमाका बिषयमा सहभागीहरु माझ प्रस्तुतीकरण गर्नु भएको थियोे । सो कार्यक्रममा नगर उपप्रमुख भुमिशरण ढकाल बजगाई , प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट , पालिकाका विभिन्न वडाका वडा अध्यक्ष, प्रशासन शाखा प्रमुख पुर्ण प्रसाद बजगाई , सुचना प्रविधि अधिकृत बिष्णु बोगटी लगायत विषय गत शाखाका प्रमुखहरुको सहभागीता रहेको थियोे ।